३०पुस,हेटौंडा। हेटौंडा ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको सभाध्यक्षता तथा हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालयका निमित्त प्रमुख वशन्तराज गौतमको विशेष आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।
३२ औ वार्षिक साधारण सभामा समुहकी सचीव शान्ती तिमल्सिनाले समुहले गरेका गतिविधि सहितको प्रगती प्रतिवेदन र कोषाध्यक्ष विजय गौतमले समुहको आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०७९।८० का लागि १० लाख ७१ हजार बराबरको प्रस्तावित आयब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाअध्यक्ष गौतमले सामुदायिक वनले गरेको कार्यप्रति प्रशंसा गर्दैअब सामुदायिक बन समूह बन संरक्षण गर्नेमात्र नभई उधमशिलता तर्फपनि अघिबढ्नुपर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै विशेष अतिथी डिभिजन वन कार्यालय मकवानपुरका निमित्त प्रमुख वशन्तराज गौतमले समुदायका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको प्रति खुशी व्यक्त गर्दै सामुदायिक वनलाई उद्यम मार्फत उपभोक्ताको आर्थिक जिबनस्तर माथी उठाउन समूह लाग्नुपर्ने बताए।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, अस्मिता नेपाल मकवानपुरकी आरती पाठक,सव डिभिजन वन कार्यालय रातोमाटेका प्रमुख रामचन्द्र श्रेष्ठ, रानी सामुदायिक वन उपभोक्ता समूह उपाध्यक्ष केशव धिताल, पशुपति मन्दिर संरक्षण समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे, वन समूहका उपाध्यक्ष रामचन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी उपाध्याय श्यामप्रसाद भट्टराई, संगालो टोल विकास संस्थाका अध्यक्ष वेद प्रसाद भट्टराई,महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष दिलीप घिमिरे, वन समूहका सल्लाहकार बद्री पाठक, परशुराम थापा लगायतको उपस्थिती रहेको थियो। ७१ दशमलव १२ हेक्टर क्षेत्रमा फैलिएको वन समुहमा कुल २ सय ७७ सदस्य घरधुरी रहेको समूहका कोषाध्यक्ष विजय गौतमले बताएका छन्।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




