Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक गठबन्धन जित नजिक : बानियाँ 

Indra-Bahadur-Baniya-Phot-1511106060.jpg

File Photo

३ मंसिर, हेटौँडा । आसन्न निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभा उम्मेदवार इन्द्रबहादुर बानियाँले जिल्लामा लोकतान्त्रिक गठबन्धन जितको नजिक रहेको दावी गरेका छन् । 
राक्सिराङ–४ मा आईतबार भएको कोणसभा तथा प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटनमा उनले पछिल्लो समय काँग्रेस प्रवेश गर्ने क्रम बढेको र जनताले समेत लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन चाहेको उनले बताए । काँग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जितले मात्र मकवानपुरसहित देशको मुहार फेरिन सक्ने दावी गरे । 
‘मुलुकमा भएका सबै परिवर्तन र आन्दोलनहरु काँग्रेसको नेतृत्वमा मात्रै सफल भएको छ । यस्तै विकास निर्माणमा पनि काँग्रेसले अगुवाई गरेको जनताले बुझेकै छन’, उनले भने, ‘हामी जे बोल्छौँ त्यो गछौँ । कम्युनिष्टले जस्तो काँग्रेसका नेताहरुले फोस्रा भाषण गर्ने अनि आश र त्रास बाँड्ने काम गर्दैनौँ ।’ 
काँग्रेसले चिल्ला र झुटा भाषणलाई भन्दा जनताको कामलाई प्राथमिकता दिएकै कारण विषम् परिस्थितीहरुमा समेत काँग्रेसलाई जनताले माया गरिरहेको दावी गरे । आफ्नो जिविका चलाउनको लागि ठेकेदारी काम गर्दै आएको र जनतालाई दुःख दिने काम अहिलेसम्म नगरेको बानियाँले बताए । 
कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले साविकको मकवानपुर क्षेत्र नम्बर २ र ४ को विकासको लागि प्रदेशसभामा इन्द्र बानियाँ र प्रतिनिधीसभामा महालक्ष्मी उपाध्याय डीनालाई जिताउनु आवश्यक रहेको बताएका थिए ।
माओवादी जिल्ला सदस्यसहित १२१ काँग्रेसमा
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य विश्वराज थिङ र नेकपा एमालेका जीवन थिङसहित एकसय २१ जना काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्र बानियाँले टीका र माला लगाएर काँग्रेसमा स्वागन गरेका हुन् । नव प्रवेशीलाई योग्यता र क्षमताको आधारमा पार्टीले स्थान दिँदै जाने बानियाँले आश्वासन दिए । नव प्रवेशी थिङले राक्सिराङमा माओवादी पार्टी संरक्षण गरेर बसेको बताउँदै अहिले वाम गठबन्धनको नाममा पार्टी समाप्त पार्ने र कुर्सीको लागि नेताहरुले जे पनि गर्न पछि नपरेकोले माओवादी छोडेको बताए । 
मकवानपुरको विकासको लागि इन्द्र बानियाँ र महालक्ष्मी उपाध्याय डीनालाई जिताउनको लागि आफूसहित एकसय २१ जना काँग्रेसमा गोलबन्द भएको उनले बताए । विकाशको लागि सक्षम, इमान्दार एवम् मन्त्री बन्न सक्ने हैषियतको नेताहरु मकवानपुरले पाएको भन्दै थिङले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आजैदेखि लागिपर्ने घोषणा गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार