४ मसरि, हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा कम्युनिष्टको लालकिल्ला भत्किने दावी गरेकी छिन् ।
सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा गर्ने व्यवहारका कारण पछिल्लो समय काँग्रेसमा प्रवेशको लर्को लागेकोले लालकिल्ला नाम मात्रको हुने दावी गरेकी हुन् ।
काँग्रेसको नेतृत्वमा मुलुकमा भएको परिवर्तन, जिल्लामा भएको विकास र राजनीतिक सम्भावना बोकेका उम्मेदवार भएको कारणले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको छ’, डीनाले भनिन्, ‘पछिल्लो समय काँग्रेसमा आएको पार्टी प्रवेशको लहरले पनि काँग्रेसप्रतिको आकर्षण स्पष्ट देखिएको छ ।’ झुटा र फोस्रा आश्वासन बाँड्ने कम्युनिष्ट नेताको बोलीमा फसेर मकवानपुरका जनताले पटक पटक कम्युनिष्टलाई जिताएको स्मरण गर्दै उनले अब नेपाली जनताले नयाँ ‘च्वाइस’ गर्ने दावी गरिन् । ‘कम्युनिष्टको बोली र व्यवहारमा रहेको फरकपना र झुटा आश्वासनले गर्दा मकवानपुरका जनता आजित भैसकेका छन् । यो पटक लोकतान्त्रिक गठबन्धनको विजय हुनेछ र मकवानपुरका विकास कस्तो हुन्छ ? भन्ने हामी देखाउन चाहन्छौँ’, उनले भनिन् । ्
यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले पटक पटक जितेर पनि विकासको र जनताको हितको नाममा सिन्को नभाँचेका नेताहरु फेरि भोट माग्न आइरहेकोले उनीहरुको फोस्रा आश्वासनमा नफस्न जनतालाई अनुरोध गरे । ‘हामी कुरा हैन काम गरेर देखाउँछौँ, कुरामा पानी जहाज चलाउने, पाइपलाइनबाट ग्याँस ल्याउनेहरु फेरि झुक्याउन आउँदैछन्, सचेत रहनुहोला’, बानियाँले भने, हामीले भोट हाल्ने दिन गरेको गल्तीले ५ बर्षसम्म रुने कि ? यस क्षेत्रको विकास गर्न हामी संगसंगै हातेमालो गरी हिँड्ने भन्दै योग्य उम्मेदवार रोज्ने मतदातालाई आग्रह गरेका छन ।
महिला संघ साविक मनहरी सभापति सावित्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर उपमहानगरपालिका उपमेयर पार्वती शाह, काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकसयजना महिला काँग्रेसमा प्रवेश गरेका थिए ।
सरिखेतमा प्रचारप्रसार कार्यालय
यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने सरिखेतमा प्रचारप्रसार कार्यालय उद्घाटन भएको छ । प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गर्दै चुनावको समयमा प्रतिबद्धता जनाएका कुरा पूरा नभएमा अर्को पटक गाउँमा आउँदा लखेट्न अनुरोध गरेका छन । उनले आफु फोस्रा आश्वासन नभई विकास दिन चाहेको भन्दै यहाँका जनताको सुखदुःखको साथी बन्न चाहेको बताए । सिँहराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







