४ मसरि, हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा कम्युनिष्टको लालकिल्ला भत्किने दावी गरेकी छिन् ।
सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा गर्ने व्यवहारका कारण पछिल्लो समय काँग्रेसमा प्रवेशको लर्को लागेकोले लालकिल्ला नाम मात्रको हुने दावी गरेकी हुन् ।
काँग्रेसको नेतृत्वमा मुलुकमा भएको परिवर्तन, जिल्लामा भएको विकास र राजनीतिक सम्भावना बोकेका उम्मेदवार भएको कारणले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको छ’, डीनाले भनिन्, ‘पछिल्लो समय काँग्रेसमा आएको पार्टी प्रवेशको लहरले पनि काँग्रेसप्रतिको आकर्षण स्पष्ट देखिएको छ ।’ झुटा र फोस्रा आश्वासन बाँड्ने कम्युनिष्ट नेताको बोलीमा फसेर मकवानपुरका जनताले पटक पटक कम्युनिष्टलाई जिताएको स्मरण गर्दै उनले अब नेपाली जनताले नयाँ ‘च्वाइस’ गर्ने दावी गरिन् । ‘कम्युनिष्टको बोली र व्यवहारमा रहेको फरकपना र झुटा आश्वासनले गर्दा मकवानपुरका जनता आजित भैसकेका छन् । यो पटक लोकतान्त्रिक गठबन्धनको विजय हुनेछ र मकवानपुरका विकास कस्तो हुन्छ ? भन्ने हामी देखाउन चाहन्छौँ’, उनले भनिन् । ्
यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले पटक पटक जितेर पनि विकासको र जनताको हितको नाममा सिन्को नभाँचेका नेताहरु फेरि भोट माग्न आइरहेकोले उनीहरुको फोस्रा आश्वासनमा नफस्न जनतालाई अनुरोध गरे । ‘हामी कुरा हैन काम गरेर देखाउँछौँ, कुरामा पानी जहाज चलाउने, पाइपलाइनबाट ग्याँस ल्याउनेहरु फेरि झुक्याउन आउँदैछन्, सचेत रहनुहोला’, बानियाँले भने, हामीले भोट हाल्ने दिन गरेको गल्तीले ५ बर्षसम्म रुने कि ? यस क्षेत्रको विकास गर्न हामी संगसंगै हातेमालो गरी हिँड्ने भन्दै योग्य उम्मेदवार रोज्ने मतदातालाई आग्रह गरेका छन ।
महिला संघ साविक मनहरी सभापति सावित्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर उपमहानगरपालिका उपमेयर पार्वती शाह, काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकसयजना महिला काँग्रेसमा प्रवेश गरेका थिए ।
सरिखेतमा प्रचारप्रसार कार्यालय
यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने सरिखेतमा प्रचारप्रसार कार्यालय उद्घाटन भएको छ । प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गर्दै चुनावको समयमा प्रतिबद्धता जनाएका कुरा पूरा नभएमा अर्को पटक गाउँमा आउँदा लखेट्न अनुरोध गरेका छन । उनले आफु फोस्रा आश्वासन नभई विकास दिन चाहेको भन्दै यहाँका जनताको सुखदुःखको साथी बन्न चाहेको बताए । सिँहराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)