Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुस्मिता हत्याकाण्ड: ससुरा, नन्दद्वय, ज्वाईलाई जन्मकैद, सासुलाई १० बर्ष कैद

IMG_20230106_070330-1674222259.jpg

६ माघ, हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा - ४ की २४ वर्षीया सुस्मिता केसीको हत्यामा परिवारकै व्यक्ती संलग्न भएको ठहर गर्दै घटनामा संलग्न मृतक केसीकी ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले सुस्मिता हत्यामा संलग्न उनकी ससुरा ५८ बर्षीय प्रकाश थापा,जेठी २७ बर्षीया नन्द दुर्गा थापा, कान्छी नन्द २३ बर्षीया सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैदको फैसला गरेको छ भने सुस्मिताकी   सासू  ५० वर्षीया तुलसाकुमारी थापालाई हत्याको मतियार  ठहर गर्दै १० वर्ष कैदको फैसला गरेको हो ।

२०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका ४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव भान्सा कोठामा फेला परेको थियो। प्रहरीले घटना भएको केही दिनमै हत्या आरोपमा निजकी ससुरा, सासु, दुईजना नन्दलाई पक्राउ गरेको थियो भने ज्वाइँले केही महिनापछि मकवानपुर प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुरा,नन्द मिलेर पछाडिबाट काठले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

यस अघी पुर्पक्षमा रहेका मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीय सासू तुलसा, नन्दहरू २७ वर्षीय दुर्गा, दुर्गाका श्रीमान अरुण कार्की र २३ वर्षीय नन्द सीता थापालाई पुस २३ गते जिल्ला अदालत मकवानपुरले दोषी ठहर गरेको थियो।पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई पुस २३ गते न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले  दोषी ठहर गरेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

थप समाचार