Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बुङदल सामुदायिक वनको साधारणसभा सम्पन्न

326598708_579373570263366-1674304065.jpg

७, माघ, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर– ५ मा रहेको बुङदल सामुदायिक वनको २७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षतामा भएको साधारणसभामा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभामा समूहले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार गराई समूहको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सञ्चारकर्मी भीमसेन पौडेल र श्रीराम दाहाललाई सम्मानित गरिएको थियो । यसैगरि पूर्व अध्यक्ष ध्रुवप्रसाद अधिकारी र रामकुमार छत्कुली, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष एवम समूहका सल्लाहकार बलराम अधिकारीलाई पनि सम्मानित गरिएको थियो । भेलामा उत्कृष्ट विद्यार्थीहरु हिराकुमारी दाहाल, सलिना घलान, शिखा दुलाल, श्रीजन दाहाल र विराज गौतमलाई पुरस्कृत गरिएको थियो । 
भेलामा समूहकी सचिव सम्झना दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आव. ०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०७९÷०८० को लागि १६ लाख ५ हजारको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । 
साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख डटेन्द्र कुमार गोले, नमूना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, थाकलडाडाँ सामुदायिक वनका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, समूहका सल्लाहकार यज्ञ प्रसाद तिमल्सिना, उपाध्यक्ष राधिका छत्कुली, सहसचिव बद्रीप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो । ६८.६० हेक्टरमा फैलिएको सामुदायिक वनमा १ सय १० घरधुरी आवद्ध रहेका छन  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

थप समाचार