Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सिद्धार्थ माविले मनायो ४७ औ बार्षिक उत्सव,मेयर लामाले गरिन उद्घाटन

चित्रकला र विज्ञान प्रदर्शनी सहित खाना महोत्सव

326845206_155589829483821-1674387037.jpg

८ माघ,हेटौंडा। हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४७ औँ बार्षिक उत्सव मनाएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ बार्षिक उत्सव सम्पन्न गरेको हो।

हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम,राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे,हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, २ नम्बर वडसदस्य रज बर्तौला,इन्द्र प्रसाद रिजाल,मैया परियार,विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाई, विद्यालय व्यवस्थापन समिति सदस्यहरु ज्ञानु परियार,रामचन्द्र बर्तौला,पिताम्बर बास्तोला, सरिता दाहाल,लक्ष्मी श्रेष्ठ,  जिल्ला समन्वय समिति सदस्य तारा ढुङ्गाना,पुर्व प्रधानाध्यापक, विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, राम शरण अधिकारी,दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शङ्कर प्रसाद उपाध्याय लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुदै आएको भन्दै गुणस्तर सुधार्न सबै लाग्नु पर्ने बताइन। उनले नगरपालिकाको शैक्षिक सुधार कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयले खेलेको भुमिकाको प्रशंशा व्यक्त गरिन। कार्यक्रममा २०७८ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो।कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका सृजना शर्मा उत्कृष्ट शिक्षकमा शम्भु घर्ती र विद्यालयकी कर्मचारी लक्ष्मी न्यौपानलेलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रममा २०७८ सालको एसईई परीक्षामा ए प्लस  अङ्क प्राप्त भएका बिषयका बिषय शिक्षकहरू अङ्ग्रेजी तर्फ गणेश प्रसाद हुमागाई,ऐच्छिक गणीत तर्फ खेमराज लामिछाने, लेखा तर्फ  राम शरण पौडेललाई  पनि सम्मानित गरिएको थियो।कार्यक्रममा विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो। कक्षा -८ को पेसा विषय अन्तर्गत आयोजना गरिएको खाना महोत्सबमा प्रमुख अतिथी र अतिथिहरूको समेत सहभागिता रहेको थियो।

 

326845206_121228341636819-1674387040.jpg
326987811_140839513323155-1674387090.jpg
326949297_883621812950127-1674387090.jpg
326894034_562053855948734-1674387521.jpg
326927653_620327446639031-1674387521.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

थप समाचार