Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा

kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार उपप्रधानमन्त्री कमल थापाले मकवानपुर जिल्लाको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

मंगलबार हेटौंडा–४ स्थित सितलमहल  चोकमा भएको कोणसभामा सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु प्रधानमन्त्री, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म बन्ने हैसियतका भएको भन्दै मकवानपुरको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका हुन्।
धरान चतरा मार्ग, हेटौंडाको चक्रपथ निर्माणमा काँग्रेस र राप्रपा एक भएर लाग्ने उनले प्रतिबद्धता जनाए । मकवानपुरको विकासको लागि सामुहिक प्रतिबद्धता प्रश्तुत गरिएको भन्दै उनले सम्पूर्ण रोगको उपचार हेटौंडामा नै हुनेगरी हेटौंडा अस्पताललाई ३ सय शैयाको बनाउने कार्य सुरु भैसकेको जानकारी दिए । यस्तै हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पनि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनले बताए । लोकतान्त्रिक गठबन्धन कसैको बिरुद्धमा नभएको तर्क प्रस्तुत गर्दै उनले वाम गठबन्धनका नेताहरुले दिएको अभिव्यक्तीले आम जनतामा आशंका पैदा भैरहेको बताए । प्रजातन्त्रको रक्षा र मुलुकको विकासको लागि लोकतान्त्रिक गठबन्धनकाउम्मेदवारलाई मतदान गर्नुपर्ने थापाको भनाई छ ।

यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को  ‘ख’ का उम्मेदवार अशोक शाक्यले वाम गठबन्धनले नेपाललाई कता लैजान्छ भन्ने अन्यौलको अवस्था सृजना भएपछि लोकतान्त्रिक शक्तिहरु एक भएको उनले बताए । लोकतान्त्रिक गठबन्धनले हारेमा मुलुकमा लोकतन्त्र खतरामा पर्ने निश्चित रहेको भन्दै कम्युनिष्टहरुले १५ बर्ष लालकिल्ला बनाएको मकवानपुमा विकासको नाममा सिन्को नभाँचेको बताए । ‘अहिले मैले यो गरेँ मलाई भोट देउ’ भन्ने नैतिकता समेत वाम गठबन्धनका उम्मेदवारमा छैन’ शाक्यले भने, ‘यसपटक हामीलाई जिताउनूस् विकास भनेको कस्तो हुन्छ हामी देखाउँछौँ । एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नमा व्यस्त रहेको आरोप लगाउँदै उनले कम्युनिष्टको झुटो कुरामा नअल्झिन मतदातालाई अनुरोध गरे । 
वडा नम्बर  ४ का प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको कोणसभामा राप्रपा मकवानपुरका राप्रपा  केन्द्रिय  सदस्य दिपक सिंह, मधु अधिकारी, नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला लगायतको आतिथ्यता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार