Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय

dina-upadhaya-1511267823.jpg


 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रजातन्त्र पुनसर््थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको बताउनु भएको छ ।
संयुक्त लोकतान्त्रिक गठबन्धनले आज भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले २०४८ सालदेखि संसद र स्थानीय निकायमा बामपन्थीले जित्दै आएपनि विकास नगरेको बताउनुभयो ।
उहाँले काँग्रेसले सुरु गरेको भीमफेदीको सोलाभञ्ज्याङ्ग जाने सडकको स्तरोन्नती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने बताउँदै निर्वाचनपछि लोकतान्त्रिक गठबन्धनले निरन्तरता पाउने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रचार विभाग सदस्य तेजप्रकाश पण्डितले काँग्रेस बाम गठन्धनसँग नआत्तिएको बताउँदै मधेशी दललाई मूलधारमा ल्याउन विरोध गर्ने नेकपा एमालेसहितको गठबन्धनले अहिले शासकीय स्वरुप परिवर्तन गर्न दुई तिहाईको कुरा गरेकोले आशंका सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटा, समानुपातिक उम्मेदवार पवित्रा विक, काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, २ नम्बर क्षेत्रका निवर्तमान सभापति ईश्वर पौडेल, महाधिवेशन प्रतिनिधि मोमलाल दोङ्ग, शान्ता विक, भीमबहादुर गोम्जा, अर्जुनप्रसाद पुडासैनी, विनिता आचार्यलगायतले बोल्नु भएको थियो ।
नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाका सभापति जब्बरसिं वाइवाको अध्यक्षतामा छबेली, सोलाभञ्ज्याङ्ग र सुपिङ्गमा घरदैलो तथा कोणसभा सम्पन्न भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार