Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा–१७ को जनप्रिय माविलाई सञ्चार सामग्री हस्तान्तरण

IMG_20230126_203815-1674745289.jpg

१२ माघ, हेटौंडा । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले जनप्रिय मावि हेटौँडा १६ लाई स्टुडियो मिक्सचर, माइकलगायतका सञ्चार सामग्री बिहीबार हस्तान्तरण गरेका छन् । 
‘गल्ली गल्ली’ ललितपुर र ‘मेरो गाउँ– सिकाइ केन्द्रित गाउँ’ परियोजनाले जनप्रिय माविमा सञ्चालन गरेको अन्तर्क्रिरया कार्यक्रममा श्रेष्ठले विद्यालयमा नवनिर्मित स्टुडियोका निम्ति सामग्री हस्तान्तरण गरेका हुन् । 
मन्त्री श्रेष्ठले जनप्रिय माविका मिडिया संयोजक सुनील गौतमलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। मोबाइल आर्टस् फर पिस र जनप्रिय माविको सहकार्यमा जनप्रियमा स्टुडियो निर्माण गरिएको म्यापका जिल्ला फोकल पर्सन युक्तलाल विश्वकर्माले जानकारी दिए ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयअन्तर्गत देशकै पहिलो मिडिया कक्ष र स्टुडियो स्थापना गरी सञ्चालनमा ल्याएको जनप्रिय माविले विद्यार्थीहरूमा प्रविधिमैत्री र जीवनोपयोगी सीप प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । 
‘गल्ली गल्ली’ ललितपुर र ‘मेरो गाउँ–सिकाइ केन्द्रित गाउँ’ परियोजनाले सञ्चालन गरेको अन्तरक्रिया एवं कार्यपत्र प्रस्तुत कार्यक्रममा विद्यालय शिक्षाबाट विभिन्न कारणले छुटेका बालबालिकाको सिकाइमा देखिएका समस्यामाथि मन्त्री श्रेष्ठले ठोस पहल गर्नेसमेत प्रतिबद्धता गरेका छन । 
परियोजनाले सुर्खेत, सर्लाही र मकवानपुर गरी ३ वटा जिल्लामा कार्यक्रम गर्दै आएको छ । परियोजनाका तर्फबाट जीवन शर्माले मन्त्री श्रेष्ठलाई कार्यपत्रसमेत पेस गरेका थिए ।
यस्तै, कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशकी प्रदेस सभा सदस्य भारती पाठकले शिक्षामा देखिएका यस्ता खाले सिकाइ समस्यालाई अनुसन्धानका माध्यमबाट तथ्य प्रस्तुत गर्न सकेकोमा परियोजनालाई धन्यवाद दिइन् ।
उनले प्रदेश तहबाट मात्र नभई संघीय सरकारकै समेत ध्यान जानुपर्ने विषयमा आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश तहबाट बन्नुपर्ने ऐन कानुनमा आफू गम्भीर भएर लागिपर्ने प्रदेश सदस्य पाठकको भनाइ छ । 
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष सुनील मोक्तान, शिक्षकहरू डा. विजय नेपाल, केशव सञ्जेल, रमेश रिजाल, उमा श्रेष्ठ, सरोकारवाला अभिभावक तथा स्थानीय बुद्धिजीवी एवं सरोकारवालाको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

थप समाचार