Email :- prastakhabar@gmail.com
राजनीति

११ मन्त्रालय हुँदा बागमतीमा वार्षिक २ करोड २० लाख जोगिने

Bagmati-CM-1674789953.jpg

१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने भएको छ ।प्रदेश सरकारले १४ बाट ११ मन्त्रालय बनाउँदा एउटा मन्त्रालयको सचिवालयका लागि भैपरी आउनेबाहेक गर्नै पर्ने अनिवार्य खर्च मात्रै जोगाउँदा पनि वार्षिक २ करोड २० लाख ४६ हजार ८ ७७ रुपैयाँ जोगिने भएको हो । 
प्रदेशमा मन्त्रालयको संख्या घटाउन बनेको सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाउँदै प्रतिमहिना एउटा मन्त्रालयको सचिवालयमा ७३ लाख ४८ हजार ९५९ रुपैयाँ खर्च हुने उल्लेख गरेको छ । कार्यदलले माघ १० गते सकारलाई प्रतिवेदन बुझाएको हो  ।
प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रालयमा मन्त्री र सचिवको सचिवालय खर्चको विश्लेषण गरेको थियो । यो खर्चमा मन्त्री सचिवसहित सचिवालयका कर्मचारीहरूको मासिक तलब र महँगी भत्ता तथा नियमअनुसार मन्त्री र सचिवले पाउने सुविधा जोडिएको सचिव निरौलाले जानकारी दिए । 
कार्यदलले तयार पारेको प्रतिवेनअनुसार प्रदेशमा अहिले ३ मन्त्रालय मात्रै घट्दा पनि त्यसको तीन गुणा अर्थात् २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने देखिएको हो । प्रतिवेदनअनुसार अहिलेकै तलबमान अनुसार बागमती प्रदेशमा ११ वटा मन्त्रालय सञ्चालनका लागि सचिवालयको खर्च एक वर्षमा ८ करोड ८ लाख ३८ हजार ५४९ रुपैयाँ हुने देखिन्छ ।
कार्यदलका संयोजक एवं सचिव निरौलाका अनुसार कार्यदलले दिएको अर्को सुझावअनुसार ९ वटा मात्रै मन्त्रालय कायम गरेको भए ३ करोड ६७ लाख ४४ हजार ७९५ जोगिने थियो । प्रमुख सचिव नेतृत्वको कार्यदलले माघ १० गते बागमतीमा ९ वा ११ मन्त्रालय राख्न सकिने आधारसहितको सुझाव दिएको थियो । 
कार्यदलले ९ वटासम्म मन्त्रालय घटाउन सुझाव दिएको भए पनि सत्तासमीकरण दलहरूमा भागबन्डा मिलाउनुपर्ने भएपछि माघ १० गते नै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा ११ वटा मन्त्रालयको विकल्प रोजेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
भोली बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु
FB_IMG_1679381797153-1679382498.jpg

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै 
janajati-1679375094.PNG

७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 
nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...

आज घोडेजात्रा पर्व मनाईँदै 
ghode-1679374502.PNG

७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1679374102.jpg

७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकजना घाइते
20200625_052500-1679356065.jpg

७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...

थप समाचार