Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बिजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार डा. प्रधानलाई प्रदान

328148268_141307243621138-1674997596.jpg

१५ माघ, हेटौंडा। यसबर्षको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, संगितकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गरिएको छ । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार आइतबार एक कार्यक्रमको आयोजना गर्दै डा. प्रधानलाई प्रदान गरेको हो । 
एक लाख पुरस्कार राशि रहेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सहित्यकार तुल्सी थापाले डा. प्रधानलाई प्रदान गरे । प्रतिष्ठानले २०६४ सालमा स्थापना गरेको विजुली माया वनः श्रेष्ठ संगित राष्ट्रिय पुरस्कारा भीम विरागको स्मृति दिवसको अवसर पारेर प्रदान गरेको हो । पुरस्कार हेटौंडाका कुशल व्यवसायी, संगितप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गरेका हुन् । 
प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यको अध्यक्षतामा भएको पुरस्कार समर्पण कार्यक्रममा डा. प्रधानले आफुले स्वर दिएका गितहरु समेत गायर सुनाएका थिए । उनलाई मकवानपुरे गायीका सुनिता बुर्लाकोटीले साथ दिएकी थिइन् । 
यस अघि बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्मो (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका छन् । 
वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मान स्वरुप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवं संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विभिन्न १२ वटा पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

थप समाचार