Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेको प्रचारमा कर्मचारी प्रयोग

Dormani-Paudel-Chunaabi-G-1511343741.jpg

File Photo

६ मंसिर, हेटौँडा । नेकपा एमाले मकवानपुरले चुनावी प्रचारप्रसारमा कर्मचारीको प्रयोग गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश २ मा एमालेले नगरपालिकाका कर्मचारीलाई प्रयोग गरेको हो । 
पछिल्लो समय उर्दि नै जारी गरेर एमालेले नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीलाई जिल्लाभरका चुनावी अभियानमा अनिवार्य उपस्थित हुन दवाव दिएको स्रोतको दावि छ । एमाले निकट एक कर्मचारीका अनुसार आप्mनो वडामा हुने चुनावी कार्यक्रममा अनिवार्य उपस्थित हुन कर्मचारीहरुलाई दवाव दिईएको छ । बुधबार हेटौँडा वडा नम्बर ६ मा भएको घरदैलो कार्यक्रममा नगरपालिका र जिल्ला समन्वय समितिका केही कर्मचारीहरु सहभागी भएका थिए । उनीहरु उम्मेदवार डोरमणी पौडेलसहितको र्यालीमा सहभागी भएका थिए । 
र्यालीमा नगर प्रहरीका प्रमुख केन्द्रगोविन्द जोशी, बाम गठबन्धनको हेटौँडा–६ नम्बर वडास्तरीय निर्वाचन परिचालन कमिटिका सहसंयोजक एवं बंशगोपाल उच्च माविका शिक्षक तारानाथ खतिवडा, बारुण यन्त्रका एक ड्राईभर र जिल्ला समन्वय समितिका एक प्राविधिक सहभागी थिए । अरु कर्मचारीहरु विहान मात्रै घरदैलोमा सहभागी भएपनि खतिवडा भने दिनभर घरदैलो गरेर पुतलीबजारमा भएको कोणसभामा समेत सहभागी थिए । चुनावी अभियानमा सहभागी एक नेताले भने कार्यालय समय बाहेक कर्मचारी पनि दलको चुनाव प्रचारमा खटिन मिल्ने दावि गरे ।
‘नगरपालिका, जिल्ला समन्वय समितिका कर्मचारी र शिक्षक नै दलको चुनावी कार्यक्रममा सहभागी हुँदा पनि कारवाही हुँदैन भन्या’–‘एक स्थानीयले प्रष्टखबरसंग जिज्ञासा राख्दै सोधे–‘सरकारी तलब खाउन्जेल राजनीति गर्न नपाईनुपर्ने हो नि हैन ?’ कर्मचारीको प्रयोगबारे नेकपा एमालेका जिल्ला सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले भने एमालेले निर्णय गरेर कर्मचारीलाई प्रचार खटिन नभनेको बताए । उनले कर्मचारी कुनै पनि दलको चुनावी प्रचारमा सहभागी हुन नपाउने भन्दै एमालेले यस्तो कार्यको विरोध गर्ने बताए । ‘कुनै कर्मचारी स्वस्फुर्त पार्टीको कार्यक्रममा सहभागी हुनुभएको भए यो गलत हो ।’–उनले भने । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सरकारी कर्मचारी राजनैतिक दलको चुनावी अभियानमा सहभागी भए कारवाही हुने बताए । सरकारी सेवामा रहुन्जेल कुनै पनि समय कुनै दलको चुनावी अभियानमा सहभागी हुन नमिल्ने उनको दावि छ । प्रशासनले यसबारेमा अब कडाईका साथ निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी बुढाको भनाई छ ।
एमालेले सरकारी शिक्षक, निजामति कर्मचारी, नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीलाई अनिवार्य निर्वाचन गतिविधिमा सहभागी हुन भने पछि धेरै कर्मचारीहरु आफुहरु चेपुवामा परेको गुनासो गर्छन् । ‘पार्टीको चुनावी अभियानमा जान हुँदैन भन्ने थाहा छ, तर उम्मेदवार निकट नेताहरुले कर्मचारीहरुलाई कार्यक्रममा सहभागी हुन दवाव दिने गरेका छन् ।’–नगरपालिकाका एक कर्मचारीले बताए । एमालेले अन्य दलसंग आस्था राख्ने कर्मचारीलाई भने चुनावी अभियानमा देखे फोटो खिचेर राख्न कार्यकर्तालाई निर्देशन दिएको छ भने आप्mनो कर्मचारीलाई परिचालन गरिरहेको ति कर्मचारीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार