Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने

Screenshot_20230130_15440-1675072806.jpg

१६ माघ, काठमाडौं । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने जानकारी दिएको हो ।
राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरी फागुन १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन फागुन ११ र १२ गते गर्ने कार्यतालिका रहेको छ । 
त्यसपछि अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने फागुन १३ गते रहेको छ । उम्मेदवारको सूची प्रकाशन फागुन १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने फागुन १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने फागुन १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने फागुन १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने फागुन १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जनाए । त्यस्तै उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, उम्मेदवारको सूचि प्रकाशित गर्ने र विरोधमा उजुरी पनि सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ ।
सातै प्रदेशमा मतदानका लागि तत्काल सम्भव नभएपछि मतदान काठमाडौंमा नै हुने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार