Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सुधार केन्द्रमा रहेकालाई बिद्युत जडान तालिम सुरु

12436-1675124651.jpg

१७  माघ, हेटौंडा ।  लागु औषधको कुलतमा परि सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गर्दै सोमबारबाट हेटौंडामा बिधुत जडान तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र मकवानपुर रिकभरीङ समुहले सञ्चालन तालिम सञ्चालन गरेको हो । 
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेको तालिमबाट लागु औषधको कुलतमा परेर दैनिक जिवन यापनमा समेत असहज अवस्था आएपछि रिकभरीड्ड सेन्टर पुगेकालाई सुधार पछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस भन्नका लागि तालिम सञ्चालन गरीएको हो । 
तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले जिवन आफ्नै लागि जिउने हो अरुको लागि सोचेर मानसिक तनाब नलिन सुझाब दिइन् । आफुले सिकेको सिप आफ्नै लागि भए जस्तै आफुले पाएको जिवन पनि आफ्नै लागि भएको बताइन् । 
उनले बिभिन्न खालका मानसिक तनाब बोकेर होइन खुल्ला र खुशीका साथ हिड्नु पर्नेमा जोड दिइन् । चिन्ता लिएर हिडेपनि सुखः  दुखः आफ्नो÷आफ्नो भएको भन्दै तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गरीन् । नगर प्रमुख लामाले बिद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहानगरपालिका तयार रहेको बताइन् । 
लागु औषधबाट बिग्रदै गरेको जिवनलाई सुधार केन्द्रका रिकभरीड्ड समुहका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तिन महिने तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दिपक खड्का, हेटौंडा ५ का वडा सदस्य रञ्जीता सिलवाल, हेटौंडा उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, गैरसरकारी सस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, मानब अधिकार संगठनकी सर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो । 
सुधार केन्द्रमा रहेका ३६ जना मध्य २० जना सहभागि तिन महिने बिधुत जडान तालिममा सहभागिलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका महेश आचार्यले प्रशिक्षण दिने आयोजकले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार