Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनता आधारभुत बिद्यालयलाई रोटरीको शैक्षिक सामग्री सहयोग 

328459310_863122571612331-1675342670.jpg

१९ माघ, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ बाघचौरमा रहेकोे जनता आधारभुत बिद्यालयमा रोटरी क्लब अफ मकवानपुरले शैक्षिक सामग्री सहयोग गरेको छ । 
बिहीवार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ कक्षा सम्मका ९० जना विद्यार्थीहरुलाई झोला, कपि, पेन्सिल लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । ८ कक्षासम्म अध्ययन हुने बिद्यालयमा १ सय ५४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनता आधारभुत बिद्यालयका संचालक समितिका अध्यक्ष पुर्ण बहादुर स्याङ्तानको प्रमुख आतिथ्यता रहेकोे थियो भने प्रध्यानाध्यापक सुमित्रा अर्याल, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष कविन साङ्गामी, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीप कुमार राई लगायतको उपस्थिति रहेकोे थियो । 
कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले आगामी दिनमा पनि बिद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै बिद्यालयका अध्यक्ष स्याङ्तानले बजारबाट नजिकै रहेपनि विभिन्न पुर्वाधारले पछि परेको बिद्यालयमा आवश्यक सहयोगको अपेक्षा रहेको बताए । 
 

328861748_560213586144767-1675342671.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार