Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मिडिया समाजको ऐना हो: मुख्यमन्त्री जम्कट्टेल

FB_IMG_1675416416871-1675416490.jpg

२० माघ,जिरी। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मिडिया र संचार जगत समाजको ऐना भएको बताएका छन्।नेपाल पत्रकार महासंघ बागमती प्रदेशको  आज सुरु भएको तेस्रो साधारणसभालाई दोलखाको जिरीमा पुगेर उद्‍घाटनका क्रममा यसो बताएका हुन। 

साधारणसभाको उद्घाटनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले मिडिया र संचार जगत ऐना भएको र यसले समाजमा देखिएका सकारात्मक र नकारात्मक ऐना जस्तै छर्लङ्ग पर्न सक्ने बताए।  

मुख्यमन्त्री जम्कट्टेलले  देशमा आमुल परिवर्तन न सङ्घीयता बलियो बनाउन संचार क्षेत्रको भुमिका महत्वपूर्ण रहेको भन्दै  आफु बागमती प्रदेशको प्रथम सरकार गठन भएर  कानुन मन्त्री रहदा संचार रजिष्ट्रार कार्यालय स्थापना गरी पत्रकार र पत्रकारिताको हक हितका लागि आवश्यक कदम चालेको सुनाए । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने  " श्रमजीवी पत्रकारहरु सामाजिक सुरक्षा कोषमा आवद्ध रहनुको फाइदा धेरै छ,त्यसैले बागमती प्रदेशका श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मेरो नेतृत्व बागमती प्रदेश सरकारले ५० लाख सहयोग गर्नेछ"।उनले नेपालको स्विट्जरल्यान्ड मानिने  जिरीको समग्र विकासका लागि स्थानीय सरकार सहितलाई सहयोग हुनेगरी आवश्यक बजेट समन्वय गर्ने समेत उदघोष गरेका छन्।

माघ २१ गते दुईदिन सम्म चल्ने साधारणसभामा १०० भन्दा बढी प्रदेश पार्षदको सहभागिता रहेको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको साधारणसभामा भएको कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगाराम श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, दोलखाका स्थानीय तहका प्रमुख,दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, प्रेस युनियन,प्रेस चौतारी,प्रेस संगठन,समाजवादी प्रेस संगठनका  केन्द्रीय प्रतिनिधी,प्रदेश संयोजक र प्रतिनिधिहरुको शुभकमान मन्तव्य ब्यक्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार