Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पत्रकार महासंघ बागमती प्रदेशद्वारा १० बुँदे घोषणापत्र जारी

Screenshot_20230203_20460-1675436843.jpg

२० माघ, काठमाडाैं । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारणसभा १० बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
साधारणसभाले पत्रकार हकहित र दोलखाका विषयहरूलाई समेटेर १० बुँदे घोषणापत्र जारी गरेको हो । 

यी हुन् जिरी घोषणापत्रका १० बुँदाहरू
१. अहिले पनि विभिन्न पक्षबाट पत्रकारहरु माथि आक्रमण तथा धम्की आउने क्रम नरोकिएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।

२. मोफसलका अधिकांश सञ्चारमाध्यम स्वरोजगारमूलक उद्योगका रुपमा स्थापित छन्, मिडिया क्षेत्रलाई उद्योग वा व्यवसायको रुपमा नहेरिंदा सञ्चारमाध्यमले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनु परेको अबस्था छ, मिडियालाई उद्योगको रुपमा परिभाषित गर्दै सेवा सुविधा उपलव्ध गराउन यो साधारणसभा सरकारसँग माग गर्दछ ।

३. पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने गरी नीति परिमार्जन गर्न यो साधारणसभा सरकारसँग माग गर्दछ ।

४. सञ्चार क्षेत्रसँग सम्बन्धित ऐनका कतिपय प्रावधान प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने खालका छन्, यस्ता ऐनलाई परिमार्जन गर्दै सञ्चार क्षेत्रसँग सम्बन्धित ऐनहरु सञ्चारकर्मीमैत्री बनाउन तीनै तहका सरकारसँग आग्रह गर्दछौं ।

५. स्थानीय स्तरमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आवश्यक नीति बनाई समानुपातिक विज्ञापन उपलव्ध गराउने व्यवस्था गर्न सबै स्थानीय तहलाई यो साधारण सभा आग्रह गर्दछ ।

६. पत्रकारको न्युनतम पारिश्रमिकलाई समयानुसार परिमार्जन गर्दै सबै सञ्चारमाध्यमले समयमै उचित पारिश्रमिक उपलव्ध गराउने व्यवस्था गर्न सम्बन्धित पक्षसँग यो साधारण सभा माग गर्दछ । साथै श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्ने व्यवस्था गर्न पनि यो साधारणसभा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ ।

७. नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्र संस्था बनाउने अभियान अन्तर्गत सदस्यता शुद्धीकरण अभियानलाई नेपाल पत्रकार महासंघको बिधान तथा केन्द्र र प्रदेशको निर्देशनको अधिनमा रही अनिवार्य रुपमा सञ्चालन गर्न जिल्ला शाखाहरुलाई आग्रह गरिन्छ ।

८. दोलखाको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय नगरी जिरी तथा दोलखाका विभिन्न पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा आवश्यक योजना बनाउन यो वैठक संघीय र प्रदेश सरकारसँग माग गर्दै यो नगरीलाई क्लिन जिरी, ग्रिन जिरी र रअर्गानिक जिरी बनाउने जिरी नगरपालिकाको अभियानलाई सार्थक बनाउन दुवै तहका सरकारलाई आवश्यक नीति बनाउन आग्रह गरिन्छ । जिरीको पर्यटन एवं विकास अभियानमा सम्पूर्ण संचारक्षेत्रले आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्छ ।

९. नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि भवन निर्माण, तालिम केन्द्र व्यवस्थापन लगायतको कार्यमा महत्वपूण सहयोग पु¥याउने बागमती प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला मन्त्री लगायत सबै पक्षलाई आभार प्रकट गरिन्छ । साथै यस प्रदेशका चितवन र काभ्रेमा पत्रकार प्रशिक्षण केन्द्र निर्माणका लागि आवश्यक सहयोग गर्न तथा दोलखा शाखाको भवन निर्माणको कामलाई पूर्णता दिन र रसुवा शाखाको भवन निर्माण प्रकृया सुरुवातका लागि प्रदेश सरकारसँग आग्रह गरिन्छ । 

१०. नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधरणसभा सम्पन्न गर्न महत्वपूर्ण सहयोग गरेकोमा आतिथ्य शाखा दोलखालाई हार्दिक धन्यवाद ब्यक्त गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

थप समाचार