Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रेडियो मकवानपुर कप फुट्सलको उपाधि खेलकुद पत्रकार मञ्चलाई

futsal1675435756-1675478746.jpg

२१ माघ, हेटौंडा । हेटौंडामा सञ्चालन भएको रेडियो मकवानपुर कप मिडियास्तरीय फुट्सल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च मकवानपुरले जितेको छ । 
रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुट्सल भएको हो । 
७ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा टिम टेलिभिजनलाई ४–१ गोल अन्तरले खेलकुद पत्रकार मञ्चले उपाधि जितेको हो । सेमीफाइनलमा टिम टेलिभिजनले रेडियो सन्देशलाई र खेलकुद पत्रकार मञ्चले रेडियो थाहा सञ्चारलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । 
प्रतियोगिताको विजेता तथा उपविजेतालाई सप्ताहव्यापी कार्यक्रमको समापनको सन्दर्भमा आइतबार पुरस्कार वितरण गरिनेछ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । 
उनले सञ्चार क्षेत्रसहित हेटौंडाको सर्वाङ्गीण विकासमा लागिपरेको धारणा राखिन् । पत्रकारको क्षमता विकास लगायतका कार्यका लागि उपमहानगरपालिका सदैव तयार रहेको उनको भनाई थियो । 
रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष कपिल खड्का लगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार