Email :- prastakhabar@gmail.com
समाज

चौघडामा सामुदायिक वन सम्वन्धि अन्तरक्रिया सम्पन्न

329124194_119269322801909-1675517814.jpg

२१ माघ, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासं, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा शनिवार रानी सामुदायिक वनको सभाहलमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
कार्यक्रमका सहभागीहरुले सामुदायिक वनले भोगेका समस्याहरु, विधान तथा कार्ययोजना नवीकरण गर्दा परेका कठिनाईहरु, वनपैदावार संकलन गर्न परेका अप्ठेराहरु, समय समयमा परिवर्तन भैरहने वन ऐन तथा निमयावली, समूहमा आईपरेका आर्थिक कठिनाईहरु, राजनैतिक पूर्वाग्रह, सार्वजनिक जग्गाहरु, वन सिमानामा परेका वादविवादहरु लगायतका विषयहरुमा धारणाहरु ब्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिनाले उपभोक्ताहरुको सक्रियताका कारण नेपालको सामुदायिक वनले विश्वमा सकारात्मक सन्देश दिएको बताए । उपमहानगरपालिका सामुदायिक वनको विकासको लागि सदैव सहयोग गर्ने बताउदै सामुदायिक वनले संस्थागत विकास, आयआर्जन र वन ब्यवस्थापनमा काम गर्नु पर्नेमा जोड दिए ।  
महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघ, बागमती प्रदेशमा सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सहजकर्ता सन्ध्या शिवाकोटी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान लगायत विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
भोली बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु
FB_IMG_1679381797153-1679382498.jpg

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै 
janajati-1679375094.PNG

७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 
nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...

आज घोडेजात्रा पर्व मनाईँदै 
ghode-1679374502.PNG

७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1679374102.jpg

७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकजना घाइते
20200625_052500-1679356065.jpg

७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...

थप समाचार