Email :- prastakhabar@gmail.com
राजनीति

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समति गठन

20201007_090806-167558340-1675609967.jpg

२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । 
आइतबार प्रदेश सभाको बैठक बस्नुअघि बसेको सर्वदलिय बैठकले कांग्रेसबाट चार, एमालेबाट तीन, माओवादीबाट दुई र अन्य दलबाट एक–एक जना सदस्य रहने निर्णय गरेको थियो ।
प्रदेश सभाका समामुख भुवन कुमार पाठकको नेतृत्व रहने परमार्श समितीमा उपसभामुख अप्सरा चापागाईं र आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ पदेन सदस्य रहेका छन् ।
यस्तै समितीको सदस्यमा कांग्रेसबाट छिरिङ दोर्जे लामा, कुन्दन राज काफ्ले, रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी एमालेबाट आनन्द कुमार श्रेष्ठ, मधुसुदन पौडेल र भारति पाठक रहेका छन् ।
माओवादी केन्द्रबाट रत्न ढकाल, राधिका तामाङ, एकीकृत समाजवादीबाट ओम कुमारी श्रेष्ठ, नेमकिपाबाट सुरेन्द्रराज गोर्साई र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्रचार्य समितिको सदस्य बनेका छन् ।
प्रदेशसभाको अर्को बैठक भोली माघ २३ गते सोमबार दिउँसो १२ः०८ बजे बस्ने गरी स्थिगित भएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
भोली बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु
FB_IMG_1679381797153-1679382498.jpg

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै 
janajati-1679375094.PNG

७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 
nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...

आज घोडेजात्रा पर्व मनाईँदै 
ghode-1679374502.PNG

७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1679374102.jpg

७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकजना घाइते
20200625_052500-1679356065.jpg

७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...

थप समाचार