२७ माघ, हेटौंडा । यही माघ २८ गतेबाट हेटौंडामा आयोजना हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ को तयारी पूरा भएको आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
हेटौंडा ५ पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको बारेमा बताउँदै दिदैँ संघका अध्यक्ष टिकाराम लामो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले यसपटक प्रतियोगितामा स्थानीइ टिम मकवानपुर ११ सहित ७ वटा ‘ए’ डिभिजन क्लब, एउटा विदेशी टिम र ३ वटा मोफसलका टिमहरुको सहभागिता रहने बताए ।
प्रतियोगितामा स्थानीय टिम मकवानपुर ११ सहित त्रिभुवन आर्मी फुटबल क्लव, नेपाल एपिएफ क्लव, सातदोबाटो क्लव, मनाङ मस्र्याङ्दी क्लव, फ्रेण्ड्स क्लव, हिमालयन् शेर्पा क्लव, एनआरटी क्लव, बागमती युवा क्लव सर्लाही, बीरगञ्ज युनाइटेड, नव जनजागृति क्लव सिमरा र एभिनियर एफसी क्यामरुनको सहभगिता रहने छ ।
मकवानपुरका १० वटा स्थानीय तहर र विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा हुँदै आएको प्रतियोगितामा यसपटक विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक मकवानपुर ११ र नव जनजागृति क्लव सिमराबीच हुनेछ ।
प्रतियोगिता अन्तर्गत सवोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसको प्रायोजनम बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ । यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष लामाले बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)