Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसका उम्मेदवार नै राष्ट्रपतिः सभापति बानियाँ

321954876_485427717138135-1676075286.jpg

२८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले कांग्रेसका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् । 
नेपाल शिक्षक सङ्घ मकवानपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राष्ट्रपति कांग्रेसकै हुने दावी गरेका हुन् । राष्ट्रपतिको निर्वाचन पश्चात नेतृत्वदायी भूमिका सहित कांग्रेस सरकारमा समेत जाने बताए । 
अहिलेको अवस्थालाई लिएर निराश नहुन समेत उनले शिक्षक सङ्घका सदस्यहरुलाई अनुरोध गरे । अबको शिक्षा नीति उत्पादनसँग जोडिने खालको हुनुपर्ने नेता बानियाँको भनाई थियो ।
‘स्थानीय सरकारसँग समन्वय गरी काम गर्नुहोस्, त्यो वातावरण म बनाउँछु’, उनले भने, ‘निर्वाचनको सन्दर्भमा समेत शिक्षक संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ स्थानीय तहको निर्वाचनमा राप्रपाले पाएको भोटकै कारण संघ र निर्वाचनमा कांग्रेसले हार व्यहोरेको उनले जिकिर गरे । 
‘राप्रपाले आन्तरिक संगठन मजबुत बनाएको पाइयो । जनताले समय अनुसार मन र मत परिवर्तन गर्दो रहेछ भन्ने पनि देखियो’, बानियाँले भने, ‘अब सबै एक भएर अघि बढ्नु जरुरी छ ।’ 
शिक्षक सङ्घ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका पदाधिकारी, शिक्षक सङ्घका केन्द्रीय पदाधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार