Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

न्युरेनीवासीले १० हजार लिटर निःशुल्क खानेपानी पाउने

FB_IMG_1676188269800-1676188340.jpg

२९ माघ,हेटौंडा। हेटौंडा-१० न्युरेनीवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराइने भएको छ।हेटौंडा उपमहानगरपालिकाले उपलव्ध गराएको १० हजार लिटर सम्म निःशुल्क पानीको उपभोग हेटौंडा–१० न्युरेनीका बासिन्दाले पाउने भएका हुन। 

१२ बर्ष देखि खानेपानी उपभोक्ता समिति मार्फट खानेपानीको प्रयोग गर्दै आएका स्थानियले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै निःशुल्क पानी पाउँने भएका हुन् । उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बोर्डमार्फत जोडिएको धाराबाट पानीको उपभोग गर्ने नगरवासीलाई १० हजार लिटर सम्म पानीको प्रयोगमा शुल्क नलाग्ने सम्झौता हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग गरेसँगै यहाँका बासिन्दाले निःशुल्क पानीको उपभोग गर्दै आएका छन् ।

बोर्डमा उपभोक्ता समिति हस्तान्तरणसँगै न्युरेनीका १ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १३७ धारामा स्व्च्छ र सफा खानेपानीको व्यवस्थापन गर्ने काम आफुहरु मातहत आएको अध्यक्ष प्रताप बिष्टले बताए । उपभोक्ता समिति हस्तान्तरण पुर्व बोर्डले न्युरेनीमा नयाँ पाईपलाइनको बिस्तार सँगै घरै पिछे पानी जडानको व्यवस्था मिलाई सकेको उनले बताए । २०६७ सालबाटै १५० रुपियाँ न्युनतम शुल्क तिर्दै आएका न्युरेनीवासीले अब कम मुल्यमा खानेपानीको उपभोग गर्न पाउँने भएका छन् ।उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले नगरको समग्र बिकासमा लागि परेको बताइन् । उनले हेटौंडा १० न्युरेनी लक्षित गर्दै आयआर्जनमा जोडिनका लागि राप्ती टनमा आक्रर्षक पार्कको निर्माण गरीने बताइन् ।चाडै अव्यवस्थित ढंगबाट फालिएका फोहरलाई व्यवस्थापन गर्दै उपमहानगरले व्यवस्थित ढंग बाट मेसिनको प्रयोग गर्दै फोहर व्यवस्थापन गर्ने बताइन् ।नगरको बिकास र सुन्दरतामा उपमहानगरवासी सबै एक जुटहुन आवश्यक रहेको उनको भनाई थियो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष नत्रेनाथ धिमालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका सदस्य इन्द्र नेपाल, वडासदस्यहरु शारदा श्रेष्ठ, गोमा सुनार, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार