Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा उपमहानगरले मनायो ५४ औं स्थापना दिवस(तस्विर सहित)

पुर्व नगर प्रमुख सहित विभिन्न व्यक्तित्वलाई सम्मान

FB_IMG_1676296408407-1676296661.jpg

सुनिल शिवाकोटी

१ फागुन,हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आफ्नो ५४ औं स्थापना दिवस मनाएको छ। सोमबार एक समारोहबीच बागमती प्रदेशका प्रमुख रामचन्द्र शर्माको प्रमुख आतिथ्यतामा उपमहानगरले आफ्नो स्थापना दिवस मनाएको हो।

त्यसैगरी स्थापना दिवस मनाउने क्रममा उपमहानगरपालिकाले पुर्व जनप्रतिनिधी देखि हेटौंडाको बिकासमा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका २३ जनालाई सम्मान समेत  गरेको छ । कार्यक्रममा पुर्व मेयर हरीबहादुर महत, डोरमणी पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरेको छ। त्यसैगरी  नगरपालिकाको स्थापना देखि नगरको बिकास र जनमानस बिच नगरलाई पुर्याउन भूमिका निर्वाह गरेको भन्दै पत्रकारीता क्षेत्र तर्फ गोरखापत्र दैनिकका  राममणी दाहाल, शिक्षा तर्फ डेण्टीजंग शाह, वाताबरण तर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुद तर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्र तर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्य तर्फ तुल्सी थापा, स्वास्थ्य तर्फ वेला तुलाधर बैध, धार्मिक तर्फ इश्वरी प्रसाद न्यौपाने,  इतिहास खोजकर्ता तर्फ केदार प्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरेको हो।

त्यसैगरी  हेटौंडा नगरपालिकाका सस्थापक नगरप्रमुख बासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ । उपमहानगरले २०२६ सालमा तत्कालिन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरी जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ भने तत्कादिन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको छ।

त्यस्तै तत्कालिन उपप्रधानपञ्च तिलक प्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मान गरिएको छ। उपमहानगरले भिमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपुर्ण भूमिका खेलेको भन्दै तत्कालिन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापती ओमूटेम्पा लामालाई सम्मान गरिएको छ। सम्मानित सबैलाई कार्यक्रममा प्रमुख अतिथी प्रदेश प्रमुख शर्माले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

स्थापना दिवस पारेर हेटौंडा उपमहानगरपालिकामा कार्यरत २५ बर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दिर्घसेवा पदक, नगद २५ हजार राशि सहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ट र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरिएको थियो ।   

स्थापना दिवस पारेर हेटौंडा नगरपञ्चायतका पहिलो नगर प्रमुख स्वर्गिय बासुदेव रिजालको संगम चौकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरीएको छ । स्थापना दिवसमा नगर घण्टको स्थापना, हेटौंडा दर्पण स्मारीकाको बिमोचन र डिजिटल सुचना पार्टी राखिएको छ । 

हेटौंडाकी मेयर मिना कुमारी लामाको सभाध्यक्षता सम्पन्न कार्यक्रममा उपमेयर राजेश बानियाँ, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, बागमती प्रदेश सदस्य तथा कांग्रेस बागमतो प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, पुर्व नगर प्रमुख हरि बहादुर महत,जिल्ला समन्वय समिति प्रमुख ललित घलान,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई,मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे,सुरक्षा निकाय प्रमुख,वडा अध्यक्ष,कार्यपालिका सदस्य लागायताको सहभागीता रहेको थियो।

FB_IMG_1676296391492-1676296663.jpg
FB_IMG_1676296271986-1676296679.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार