Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिवमका निर्देशक मारु पक्राउ, अदालत पेश

Raghu-1511509164.jpg

८ कार्तिक, हेटौँडा । अबैध रुपमा खानी उत्खनन गरेको भन्दै हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु पक्राउ गरी अदालत पेश गरिएको छ । 
शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै मारुलाई पक्राउ गरी अदालत पेश गरेको हो । खानीमा उत्खनन् गर्नका लागि विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन गरिएकाले कार्तिक २८ गते पक्राउ गरी हिरासतमा राखिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित शुक्रबार जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको छ । जिल्ला वन कार्यालय मकवानपुरको टोलिले खानी क्षेत्रको स्वीकृति लिएको क्षेत्र र अरु क्षेत्रको नापी गरेपछि अदालतमा मुद्दा दायर गरिएको जनाईएको छ । 
शिवम्ले संचालनमा गरेको खोटार खानी समेत स्विकृति लिए भन्दा फरक वडामा रहेको जनाईएको छ । जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयले निरन्तर अनुगमन गरेपनि कारवाही नहुँदा त्यस क्षेत्रका स्थानीयले दुबै कार्यालय समेत आर्थिक मोलमोलाईमा संलग्न भएको आशंका गरेका थिए । स्थानीयले खोटारसहितका अन्य खानीको बारेमा समेत अनुसन्धान गर्न आग्रह गरेका छन् । वन कार्यालयले नियमित अनुगमन गर्न थालेपछि शिवम्ले स्थानीय संचारमाध्यमलाई प्रभावित गर्न ३ हजार रुपैँयाको विल पेश गरेर भुक्तानी लिन फोन गरेको थियो । 
विगतमा स्थानीय संचारमाध्यमलाई वेवास्ता गर्ने शिवमले विज्ञापन नै प्रकाशन, प्रशारण नगरी विल मागेपछि शिवमले कुनै कालो कर्तुत लुकाउन संचारमाध्यमलाई प्रयोग गर्न खोजेको भन्दै धेरै संचारमाध्यमहरुले विल पेश गरेका थिएनन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार