२ फागुन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध शानदरा जित निकालेको छ । मंगलबार त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध नेपालले जित निकालेको हो ।
नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा ग¥यो । कुशल भुर्तेलले शानदार शतक प्रहार पछि नेपालले विश्वकप लिग–२ मा नामिबियामाथि २ विकेटको विजय हात पारेको हो ।
नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो । नेपालले पाँचौं खेलमा नामिबियाविरुद्ध जित निकालेको हो । यस्तै एकदिवसीय अन्तराष्ट्रियमा नेपालले पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य पनि हो । यस अघि यूएईले दिएको २ सय ५४ रनको लक्ष्य नेपालले पूरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले कीर्तिमानी शतकीय इनिङ खेले । भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रनको शतकीय ईनिङ खेले । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो ।
यस्तै कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । सन्दीप जोराले २४ बलमा २८ रन बनाए । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । करण केसीले २० रन बनाउँदा सन्दीप लामिछाने भने गोल्डेन डग आउट भए ।
नामिबियाका रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३÷३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनाएको थियो । उसका मिचेल भानले १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए । यस्तै कप्तान ग्रेर्हाड इरास्मसले ५६ र जान ग्रिनले ३४ रन बनाएका थिए ।
नेपालका करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । करणको यो एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तराष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन् । पूर्व कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै सोमपाल कामी र कुशल मल्लले समान १÷१ विकेट लिए ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)