४ फागुन, हेटौंडा । वीरगञ्ज युनाइटेडलाई हराउँदै क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी पाँचौ सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा एभिनियरलाई वीरगञ्जसँग २–० को जित निकालेको हो ।
कप्तान यानिक योआनाले ३९ औं मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाएका हुन् । टिम्बा टिम्बाले मिलाइदिएको पासलाई उनले गोलमा परिणत गरेका हुन् । ७४ औं मिनेटमा साबाले अग्रता दोब्बर पारे ।
टिम्बा टिम्बाको स्थानमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमै उनले गोल गरेका हुन् । बोयोमिको प्रहारमा रिबाउण्ड आएको बललाई उनले सहजै गोल गरेका हुन् । पहिलो हाफमा कमजोर देखिएको वीरगञ्जले दोस्रो हाफमा निकै सुधारिएको खेल प्रश्तुत गर्दै दर्शकको मन जितेपनि गोल भने गर्न सकेन ।
२४ औं मिनेटमा वीरगञ्जका कृपा चौधरीको फ्रिकिक प्रहारलाई एभिनियरका गोलरक्षक टासोह अलाइनले बचाए । २८ औं मिनेटमा यानिकको प्रहार वीरगञ्जका गोलरक्षक प्रमिजय गच्छादारले कठिनका साथ बचाए । ५५ औं मिनेटमा तीन डिफेण्डरलाई छलाउँदै कृपाले फितलो प्रहार गर्दा बराबरी गर्नबाट चुके ।
७२ मिनेमा कृपाकै फ्रिकिकलाई एभिनियरका गोलरक्षक अलाइनले मुस्किलले बचाए । पहिलो खेलमा एनआरटीलाई हराउँदै उच्च मनोबल बनाएको वीरगञ्जले खेलको अन्तिमतिर केही राम्रा मुभ बनाएपनि खेलमा फर्किन सकेन । खेलको म्यान अफ द म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
जारी प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् यहाँका स्थानीय तहसहित विभिन्न संघसंस्थाको सहयोगमा जारी प्रतियोगिताको यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







