Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपको सेमिफाइनल समिकरण पुरा

kkk-1676767358.jpg

७ फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकण पुरा भएको छ ।
शनिवारबाट क्वार्टरफाइनल खेलहरु सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । शनिवार भएको अन्तिम क्वार्टरफाइनलमा फ्रेन्ड्स क्लब ललितपुरलाई हराउँदै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रेन्डसलाई २–१ गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा स्थान बनाउँन सफल भएको हो । 
हिमालयनको जितमा अमृत श्रेष्ठ र कप्तान विश्वास श्रेष्ठले एक÷एक गोल गरे । यस्तै फ्रेन्डका तर्फबाट एन्जल महर्जनले एक गोल फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा तिनवटै गोल दास्रो हाफमा संभव भएको थियो । 
हिमालयन शेर्पालाई जित दिलाउँन महत्वपूर्ण भुमिका खेलेका कप्तान विश्वास श्रेष्ठ शनिवारको खेलको ‘म्यान अफ दी म्याच’ भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे । 
प्रतियोगिताको सेमिफाइनलमा हिमालयनसँगै यसअघिनै ‘ए’ डिभिजन क्लबहरु मनाङ मस्र्याङदी विभागीय टोली सशस्त्रको एपिएफ र विदेशी क्लब एभिनियर प्रवेश गरेका छन् । 
आइतबारबाट सुरु हुने सेमिफाइनलका पहिलो खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी र विभागीय टोली सशस्त्रको एपिएफ क्लबबीच खेल हुने छ । यस्तै दोस्रो सेमिफाइनलमा सोमबार ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा र क्यामरुनी क्लब एभिनियर एकआपसमा भिड्ने छन् ।
फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ सहित ट्रफि र उपविजेताले नगद १० लाख रुपैया“ सहित ट्रफी प्राप्त गर्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार