Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुर गोल्डकपले आज नयाँ विजेता पाउँदै

हिमालयन र मनाङ दुबै टिमको उपाधि जित्ने दावी

IMG20230221151834-1677025457.jpg

१० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताबाट मकवानपुर गोल्डकपले आज नयाँ विजेता पाउँने भएको छ । पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको फाइनल खेल आज हुँदै छ ।
आज दिउँसो ३ बजे हुने फाइनल भिडन्तमा नेपालका चर्चित ‘ए’ डिभिजन क्लव मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पा एकआपसमा भिड्दै छन् ।  मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । 
यी दुबै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । २०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो । 
२०७६ मा प्रतियोगिताको उपाधि घरेलु टिम मकवानपुर ११ ले जितेको थियो भने ०७७ र ०७८ को उपाधि लगातार विभागीय टोली त्रिभुवन आर्मी क्लवले जितेको थियो । 
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट बाइक) र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
हिमालयन र मनाङ दुबै टिमको उपाधि जित्ने दावी
यसैबीच मनाङ मस्र्याङदी र हिमालयन शेर्पा दुबै क्बले बागमती प्रदेशको राजधानी हेटौंडामा जारी पाँचौ संस्करणको सहित स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने दावी गरेका छन् ।
फाइनल खेलको अघिल्लो दिन मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टिमका कप्तान तथा प्रशिक्षक र म्यानेजरले उपाधि जित्ने दावी गरेका हुन् ।
कन्फ्रेन्समा बोल्दै मनाङका म्यानेजर शिव लामाले अहिलेको युवा टिमलाई पछिसम्मको लागी तयार गरिरहेको भन्दै पहिलोपटक नेपालमा खेलिरहेका विदेशी खेलाडीहरुले पनि सोचेभन्दा राम्रो खेलिरहेकोले उपाधि जित्ने दावी गरे । यस्तै मनाङका कप्तान दीप कार्कीले फाइनलमा थप सुधारिएको खेल खेल्ने बताउँदै उपाधि जित्ने दावी गरे ।
यता अर्को प्रतिस्पर्धी टिम हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम राम्रो रहेकाले उपाधि जित्ने दावी गरे । उनले शारिरीक रुपमा र अनुभवमा निकै बलियो क्यामरुनी टिम एभिनियरलाई हराएर फाइनल यात्रा तय गरेको स्मरण गराउँदै आफुहरुसँग मनोबल पनि उच्च रहेको बताए । 
शेर्पाका कप्तान विश्वास श्रेष्ठले आफुहरु तीनवटा म्याच जितेर फाइनल सम्म आइपुगेको स्मरण गराउँदै क्यामरुनी टिमलाई हराउँदा टिमका खेलाडीहरु थप उत्साहित रहेको उनले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार