१२ फागुन, हेटौंडा । काठमाडौं तराई द्रुतमार्ग निर्माणमा साझेदारी गरिरहेको चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कार्पोरेशनको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरबाट मकवानपुरको भिमफेदी र बकैयाँ गाउँपालिकाका २ सयभन्दा बढीले फाइदा लिएका छन् ।
मकवानपुरको भिमफेदी र बकैया गाउँपालिकास्थित द्रुतमार्ग क्षेत्र वरपरका सर्वसाधरणहरुका लागी चाइना स्टेट कन्स्ट्रक्सनले बिहीबार निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो ।
द्रुतमार्ग निर्माण कार्य अन्तगरत सुरुङमार्ग सहित केही पुलहरु निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट कन्स्ट्रक्सनले चिनियाँ चिकित्सा सहायता अभियानको ६० औं बार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
मकवानपुरको भीमफेदी र बकैया गाउपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँ लगाएतका स्थानका स्थानीयहरुका लागि आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा करीब २ सय जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य शिविरमा आएका अधिकांश स्थानीयमा उच्च रक्तचाप, डायविटिज, मृगौलामा खराबी तथा महिलाहरुमा छाति र स्तनको समस्या देखिएको शिविरका टिम लिडर डाक्टर च्याले जानकारी दिए । स्थानीयको स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
औषधि उपचारको लागी हेटौंडा बजारसम्म पुग्नुपर्ने स्थानीयले गाउँमै निशुल्क स्वास्थ्य परीक्षण गराउँन पाउँदा खुशी लागेको बताए । उनीहरुले समय समयमा यस्तै संघसंस्था र सरकारले समेत गाउँघरमै स्वास्थ्य शिविरको सञ्चालन गरिदिए उपचारको लागी सदरमुकाम हेटौंडासम्म पुग्नुपर्ने बाध्यता हट्ने बताए ।
चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कार्पोरेशनका मेटेरियल हेड लिऊले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप द्रुतमार्ग निर्माणस्थल वरपरका गाउँका करीब २ सय जनालाई निःशुल्क स्वास्थ्य परिक्षण र निःशुल्क औषधि वितरण गर्न पाउँदा खुशीलागेको बताए ।
उनले शिविरमा आउन नसक्ने शारीरिक रुपमा अशक्तलाई कर्पोरेशनले सवारी साधनको व्यवस्था गरेर शिविरसम्म ल्याएको जानकारी दिए । यस्तै स्वास्थ्य शिविरमा द्रुतमार्ग निर्माणमा खटिएका नेपाली सेनाले समेत स्वास्थ्य परिक्षण गराएको लिऊले बताए ।
शिविरमा चीनको परम्रागत औषधि उपचार विधि एक्युपन्चरबाट पनि उपचार गरिएको थियो । शिविरमा इसिजी, अल्ट्रासाउण्ड, गाईनोलोजी, इएनटी लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविर रहेको स्थान विकट स्थान भएकाले दुर्घटना भईहालेमा वा कसैलाई उद्धार गर्नु परेमा कसरी उद्धार गर्ने ? भन्ने समेत सिकाईएको थियो ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




