Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरमा वन हात्तीको ताण्डव: एक हप्तामा दुईजनाको मृत्यु

FB_IMG_1677212999158-1677213066.jpg

सुनिल शिवाकोटी 

१२ फागुन,हेटौंडा । झापाबाट आएका र पर्सा राष्ट्रिय निकुञ्ज  मकवानपुरको  मानव बस्तिमा प्रवेश गरेको वन(जंगली) हात्तीले यतिबेला ताण्डव मच्चाइरहेको छ।आइतबार देखी जंगल छोडेर मकवानपुरको बस्ति पसेको सो हात्तीले आइतबार बाट शुक्रबारबाट मकवानपुरका दुई जनाको ज्यान लिइसकेको छ। 

सोमबार बिहान मकवानपुरको मनहरी-४ मसिनेकी ६४ बर्षीया राधा अधिकारीलाई आक्रमण गर्यो। करेसा बारीमा काम गरिरहेकी अधिकारीलाई बस्ति पसेको सो हात्ती गम्भीर घाइते नै बनायो। उनले उपचारको क्रममा सोमबार साँझ चितवन  पुरानो मेडिकल कलेजमा ज्यान गुमाइन् । स्थानीय महिलाको अकालमा ज्यान नै गएपछि  मनहरी वडा नम्बर-४ र स्थानीयले हात्ती धपाउन कुनै पहल र प्रयास नगरेको भनेर मकवानपुरको मनहरी-३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरे।आक्रोशित स्थानीयले सेनाले सुरक्षा गस्तिका लागी प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको थियो ।

त्यसको १ दिनपछि सोही हात्ती हेटौंडा-१३ मा देखा पर्यो भने त्यसको एक दिनपछि बुधबार साँझ सोही हात्ती हेटौंडा-१८ फुर्केचौरमा देखा पर्यो। मुख्य राजमार्गमा देखा परेको सो हात्तीको आक्रमणको डरले यात्रु र स्थानीय त्रसित भने, सोही क्षेत्रमा रहेको हात्तीले बुधबार रातिनै हेटौंडा-१८ मानेडाँडाका ३० बर्षीय देव वाईवालाई आक्रमण गर्यो र यतीबेला वाईबा हेटौंडा अस्पतालमा उपचार गराइरहेका छन्। 

घटना र हात्तीबाट हुने घटनाका बारेमा जनप्रतिनिधी र स्थानीयले त्यसको बारेमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित निकायलाई जानकारी गराए। जानकारी गराएको २४ घण्टा नबित्दै बिहीबार राति सोही हात्तीले मकवानपुरको बकैया-५ पावसमा ३० बर्षीय एक पुरुषको ज्यान लियो। गोठमा बाख्र र पाठापाठीलाई दुध खुवाउन पुगेका स्थानीय सन्तलाल माझीलाई आक्रमण गर्यो र उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भयो। 

यसरी जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा यस ५ दिनमा दुईजनाले अकलमा ज्यान गुमाएका छन् भने एक जना घाइते रहेका छन्। यस बिषयमा बुझ्दा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे हात्ती नियन्त्रणमा लिन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग आवश्यक समन्वय गरेको बताए। उनले नियन्त्रणमा लिन प्रयास गरिरहेको अवस्थामा दुईजानको ज्यान जानु दुखद भएको बताउदै छिट्टै नियन्त्रण लिने प्रष्ट खबरलाई बताए। 

"जङ्गली हात्ती त्यस माथी मात्तिएको अवस्थामा छ, दिउँसको समयमा देखिँदैन राती मानव वस्ती तर्फ आउछ,हामी नियन्त्रणमा लिन लागिरहेका छौ,अबको दिनमा यस्तो मानवीय क्षती रोक्ने प्रयासमा छौ-प्रजिअ पाण्डेले भने।हात्तीको दिन प्रतिदिनको ताण्डवले वन नजिकै रहेका बस्तिका बासिन्दा त्रसित छन्। उनीहरुले स्थानीय प्रशासन र सम्बन्धित निकायले छिटो भन्दा छिटो हात्ती नियन्त्रणमा लिनुपर्ने बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार