Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तासिर बोर्डिङले मनायो १९ औ बार्षिकोत्सव र अभिभावक दिवस

FB_IMG_1677329520711-1677329829.jpg

१३ फागुन,हेटौंडा। हेटौंडा ७ नागस्वतीमा रहेको तासिर इङलिस सेकेन्डरी स्कुलले १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठे बहादुर कार्कीको सभाध्यक्षता तथा बागमती प्रदेश श्रम,रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा  बार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो। 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतम,हेटौँडा ४ का वडाध्यक्ष नविन सिग्देल,शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, व्याबसन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, ७ नम्बर वडा सदस्य दिनेश थापामगर, व्याबसन मकवानपुरका  अध्यक्ष विनोद सुवेदी, मकवानपुर जिल्ला कुखुरापालन व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल,न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष ज्ञान बहादुर क्षेत्री, हेटौंडा बचत तथा ऋण सहकारी अध्यक्ष ईन्द्र बहादुर बस्नेत, पतञ्जली योग मकवानपुर अध्यक्ष राम प्रसाद दाहाल, विद्यालयका संस्थापक अध्यक्ष राजन थापा,  विद्यालयका  शिक्षक अभिभाक संघ अध्यक्ष नवराज खतिवडा,विभिन्न संघसंस्था,टोल विकास समन्वय समितिका प्रतिनिधि सहित अभिभावकहरूको उपस्थितीे रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री श्रेष्ठले रोबोटबाट कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै श्रम मन्त्री श्रेष्ठले तासिर इङलिस बोर्डिङले मकवानपुरको शैक्षिक क्षेत्रमा खेलेको योगदानको प्रशंशा गरेका थिए।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद शर्मा थपलियाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले बनाएको विज्ञान साम्रगी, शैक्षिक सामग्रीहरुको प्रदर्शन गर्नुका साथै खाना महोत्सवको आयोेजना गरिएको थियो।त्यसैगरी कार्यक्रममा विभिन्न मितिमा आयोजना गरिएको अतिरिक्त क्रियाकलाप र शैक्षिकसत्रमा उत्कृष्ट र विद्यालयको प्रावी, आधारभूत र माध्यमिक तहमा उत्कृष्ट हुने तिन जना शिक्षक र एकजना कार्यलय सहयोगीलाई  सम्मान र पुरस्कृत गरिएको थियो।

FB_IMG_1677329523744-1677329831.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार