Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विवाद सुल्झाउन बागमती प्रदेशमा विशेष समिति गठन

Bagmati-pradesh-Baithak-1677371669.png

१४ फागुन, हेटौंडा । बागतमी प्रदेशसभाको अध्यादेशको विद्येयक माथिको विवाद सुल्झाउन विशेष समिति गठन गरिएको छ । प्रदेशसभाको शनिबार साँझ बसेको बैठकले अध्यादेशको प्रतिस्थापन विद्येयकको विवाद सुल्झाउन विद्येयक व्यवस्थापन विशेष समिति गठन गरेको हो । 
प्रदेशसभाको उक्त बैठकले विद्येयक व्यवस्थापन विशेष समिति गठन गरीयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत रुपमा पास गरेको थियो । दलहरुबीच दुई वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियाका बारेमा विवाद बढेपछि सभामुख भुवन कुमार पाठकको पहलमा सो समिति गठन गरिएको हो । 
समितिको समय अवधि आगामी फागुन १८ गतेसम्म रहेको छ । उक्त अवधिमा सो समितिले संविद्यानको धारा २०२ अनुसार सरकारले जारी गरेको कर्मचारी सम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विद्येयकको दफावार  र संशोधन प्रस्ताव छलफल गरी प्रदेशसभा बैठकमा प्रतिवेदन बुझाउनु पर्नेछ । 
समितिमा कांग्रेसबाट कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, रामकृष्ण चित्रकार, एमालेबाट जयराम थापा, दिनेश चन्द्र देशवकोटा, प्रकाश श्रेष्ठ, माओवादी केन्द्रबाट रत्न प्रसाद ढकाल, राधिका तामाङ, एकीकृत समाजवादी पार्टीबाट बसन्त मान्धर, मधुसुदन पोडेल, हाम्रो नेपाली पार्टीाट शैलेन्द्रमान बज्रचार्य, राप्रपाबाट आशा लामा, उद्धव थापा, नेमकीपाबाट सुरेन्द्रराज गोर्साइ र सृजना सायजु सदस्य रहेका छन् ।
समितिले सदस्यहरु भित्रैबाट संयोजक तोक्ने र स्वयमले कार्यविधी निर्माण गर्न सक्ने अधिकार दिइएको छ । आवश्यकताको आधारमा समितिले विज्ञलाई आमन्त्रण गर्न सक्नेछ । 
गत पुस १८ गते संसदमा पेश भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई गत माघ ३ गतेको प्रदेशसभा बैठकले स्विकृत गरेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

क्याम्पाडाँडाको संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
Screenshot_20240513_20020-1715609846.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता...

माग सम्बोधन नभए कांग्रेसले नीति तथा कार्यक्रम ल्याउन नदिने
congress.jpg-16-1715600834.jpg

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा आफ्नो माग अनुसारको संसदीय छानबिन समिति नबनेसम्म नीति तथा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

थप समाचार