Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

जंगली जनावरको आतंक रोक्न सांसदहरुको माग

Indra-baniya-1677372591.png

१४ फागुन, हेटौंडा । बागमती प्रदशे सभाको शनिवार साँझ बसेको बैठकमा बिषेश समय लिएर बोल्ने अधिकांस सांसदहरुले प्रदेशको समयसामयीक विषयसँगै निकुञ्ज र आरक्षका कारण आसपासमा बस्ने नागरिकहरुले जंगलि जनवारबाट समस्या भोेग्नु परिरहेको धारणा राखेका थिए ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले निकुञ्ज र आरक्षमा संरक्षित रहेका जंगली जनावरहरुको आक्रमणबाट आरक्ष र निकुञ्ज आसपासका नागरिकहरुको जनधनको क्षती पुगेको भन्दै सरकारले तत्काल त्यसतर्फ ध्यानदिनुपर्ने माग गरेका छन् । उलने प्रदेश सरकारले तत्काल संघीय सरकारसंग समन्वय गरेर कानुनी रुपमा मै नागरिकले भोगिरहेका समस्या समाधनको लागी पहल गर्न आग्रह गरे ।
केहि दिन यता राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तिले मकवानपुरको मनहरी र बकैया तथा सिन्धुलीको कमलामाईमा गरि तीन जनाको ज्यान लिइसकेको बताउँदै मृतकको परिवारलाई क्षतिपूर्ती र हात्तिलाई नियन्त्रणमा लिने व्यवस्था मिलाउन सांसद बानियाँले ध्यानाकर्षण गराए ।
यस्तै मााअ‍ेवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामीले मकवानपुरको विभिन्न क्षत्रेमा जंगली हात्तिको आक्रमणबाट नागरिकहरुको ज्यान गइरहेको भन्दै त्यसलाई नियन्त्रणमा लिन माग गरे । उनले सरकारले निर्माण गरीरहेको तराई काठमाडौं फास्ट ट्रयाकका कारण बकैयाका केही नागरिकहरुको बासस्थान नै विस्थापीत हुने अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराए । 
यसैगरी नेकपा एमालेकी सांसद भारति पाठकले पनि जंगली जनावरले मच्चाइरहेको आतंकलाई नियन्त्रणमा लिन सरकार जिम्मेवार बन्नुपर्ने बताईन । वन क्षत्रेको व्यवस्थित प्रयोगबाट नागरिकको आयआर्जनमा सहयोग पुग्ने किसिमका निति निर्माण गर्ने तर्फ प्रदेश सरकार गम्भिर बन्नेपर्ने उनको भनाई थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार