Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हरायो

Screenshot-2023-02-27-190-1677509595.jpg

१५ फागुन, काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको हो । 
यूएईमा भएको खेलमा २ सय ४ रनको लक्ष्य नेपालले खेल सकिन २८ बल बाँकि हुँदै ६ विकेट गुमाएर भेट्टाएको थियो ।नेपालका ओपनर कुशल भुर्तेलले ५६ र आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए । आरिफ सेखले ३३ र दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङमा नेपालका गुलशन झाले ३, कुशल मल्लले २ तथा सोमपाल कामी र करण केसीले एक एक विकेट लिए । 
नेपाल २९ खेलको समाप्तिमा २८ अंकसहित सात राष्ट्र सहभागी लिग-२ को छैटौं स्थानमा छ । नेपालले बाँकी रहेको ७ मध्येको ४ खेल जितेमा शीर्ष पाँचभित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ भने ६ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पुग्ने छ ।
यूएई भ्रमणमा नेपालले पपुवा न्यु गिनी र यूएईसँग २–२ खेल खेल्ने छ । त्यसपछि काठमाडौंमा पपुवा न्यूगिनी र यूएईसँगै २–२ खेल खेल्ने छ । नेपालले एकदिवसीय अन्तराष्ट्रियमा लगातार ५ खेल जितेको यो पहिलो पटक हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार