Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

आन्तरिक मन्त्री श्रेष्ठद्वारा भिमफेदी कारागारको अनुगमन

vvv-1677631320.jpg

१७ फागुन, भिमफेदी । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मकवापनुरको भिमफेदी कारागारमा रहेका समस्या समाधान गर्न आफुले पहल गर्ने बताएका छन् ।
मंगलबार कारागार अनुगमनका क्रममा कारागार प्रशासनले दिएको जानकारी अनुसार कारागार भित्र रहेका समस्या समाधान गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालय मार्फत गर्नुपर्ने सहयोग पूर्णरुपमा गर्ने प्रतिवद्धता व्यक्त गरे । 
मन्त्री श्रेष्ठले कारागारमा अपराधिक गतिविधिमा संलग्नहरुलाई राख्ने ठाउँभएपनि घरजस्तै हुनुपर्ने बताए । ‘कारागार अपराधि बस्ने ठाउँ मात्र नभई सुधारगृहका रुपमा विकास गरिनुपर्छ । यहाँबाट निस्किने मानिस समाजमा सम्मानजनक ढंगबाट पुनस्थापित हुनसक्नेगरि बाहिरिनुपर्छ ।’ मन्त्री श्रेष्ठले भने । उनले कारागारलाई आर्थिक उपर्जन गर्नसक्ने ज्ञान सिक्ने थलोको रुपमा विकास गर्न जरुरी रहेको औंल्याए ।
मन्त्री श्रेष्ठले कारागारमा रहेका एक हजार भन्दा बढी कैदिबन्दिहरुको मलमुत्र उचित ब्यबस्थापन गर्न सहयोग गर्ने बताएका छन् । उनले कारागारको शैचालयबाट निस्कने मलमुत्रलाई खुल्ला रुपमा व्यवस्थापन गर्दा वातावरणीय समस्या हुने भन्दै तत्काल मलमुत्र व्यवस्थापनका लागी बैकल्पिक उर्जा (बायो ग्याँस) प्लान्ट स्थापनको लागी प्रदेश सरकार मार्फत सायहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कारागारमा रहेका बन्दिहरुलाई ओसारपसार गर्न समस्या रहेकाले २ सवारी साधनको इन्धान र मर्मत खर्च तथा स्वास्थ्य उपचारको कोष बढाउन पहल गर्ने उनको भनाई छ । मन्त्री श्रेष्टले कारागारमा रहेका कैदीबन्दीलाई आयआर्जनमा लाग्न उत्प्रेरीत गर्नेगरि सीपमूलक तालिम दिनुका साथै उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
यसैगरी मन्त्री श्रेष्ठले कारागार सुरक्षार्थ खटिएका करिब ६० जना सुरक्षाकर्मीहरुके लागि आवासको उचित व्यवस्थापनको लागी समेत प्रदेश सरकारले आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने बताए ।
हाल भिमफेदी कारागारमा एकहजार एकजना कैदीबन्दी र एकजना आश्रित नावलक रहेको कारागारका निमित्त प्रमुख मदन लामा थिङले जानकारी दिए । उनले मन्त्री श्रेष्ठलाई काराकारको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।
प्रमुख थिङले कारागारमा कैदीबन्दिकाहरुको लागी अध्ययनका लागी थप पुस्तक तथा पत्रपत्रिकाको व्यवस्था, कैदीबन्दीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग, दैनिक निस्कने फोहर तथा शौचालय फोहरको उचित व्यवस्थापन, सवारी साधनका लागी आवस्यक इन्दधन र कैदीबन्दीको उपचारको कोषमा बृद्धि गर्नुपर्ने लगाएतका माग गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार