९ मंसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुर जिल्लामा रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताइन् ।
शनिबार मकवानपुरगढी गाउँपालिका ५ साविक आमभञ्ज्याड्ड–३ धादिङ्मा संयुक्त लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डिनाले विकासको काममा महिलाको भूमिका महत्वपूर्ण रहने भएकोले हरेक गाउँपालिका निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने बताएकी छिन् । हरेक गाउँपालिकामा महिलालाई जागरुक र सक्रिय बनाउँन चाहन्छु ।’ डिनाले भनिन्–‘महिलालाई मध्यनजर गरेर मकवानपुरको गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने छु । लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताउँदै डिनाले ९० लाखको लगानीमा कोगटे, बुढीचौर, इपा जोड्ने सडकको बाटो निर्माणको कार्य चुनाव लगत्तै सुरु हुने बताईन ।
प्रतिनिधिसभा क्षेत्र नम्वर २ ‘क’का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले आमभञ्ज्याड्डलाई दुग्ध तथा तरकारीलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने बताए । राप्रपा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार दिपक सिंले लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए । नेपाली काँग्रेस आमभञ्ज्याङगाउँ इकाई सभापति एटबहादुर बस्नेतकको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रबाट गढी गाउँपालिका वडा नम्बर ५ का सदस्यका उम्मेदवार चन्द्रमति सानु महर्जन, बद्रीप्रसाद बजगाई, भीमबहादुर दोङ्ग सहित नेकपा एमाले र माओवादी केन्द्रका ३०२ जना कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपान, प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस मकवानपुरका संगठन विभाग प्रमुख कृष्णप्रसाद संजेल, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य भीमसेन महतल, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, राप्रपा मकवानपुरका नेता सिताराम बर्तौला, मुकुन्द न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







