९ मंसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुर जिल्लामा रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताइन् ।
शनिबार मकवानपुरगढी गाउँपालिका ५ साविक आमभञ्ज्याड्ड–३ धादिङ्मा संयुक्त लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डिनाले विकासको काममा महिलाको भूमिका महत्वपूर्ण रहने भएकोले हरेक गाउँपालिका निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने बताएकी छिन् । हरेक गाउँपालिकामा महिलालाई जागरुक र सक्रिय बनाउँन चाहन्छु ।’ डिनाले भनिन्–‘महिलालाई मध्यनजर गरेर मकवानपुरको गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने छु । लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताउँदै डिनाले ९० लाखको लगानीमा कोगटे, बुढीचौर, इपा जोड्ने सडकको बाटो निर्माणको कार्य चुनाव लगत्तै सुरु हुने बताईन ।
प्रतिनिधिसभा क्षेत्र नम्वर २ ‘क’का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले आमभञ्ज्याड्डलाई दुग्ध तथा तरकारीलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने बताए । राप्रपा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार दिपक सिंले लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए । नेपाली काँग्रेस आमभञ्ज्याङगाउँ इकाई सभापति एटबहादुर बस्नेतकको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रबाट गढी गाउँपालिका वडा नम्बर ५ का सदस्यका उम्मेदवार चन्द्रमति सानु महर्जन, बद्रीप्रसाद बजगाई, भीमबहादुर दोङ्ग सहित नेकपा एमाले र माओवादी केन्द्रका ३०२ जना कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपान, प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस मकवानपुरका संगठन विभाग प्रमुख कृष्णप्रसाद संजेल, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य भीमसेन महतल, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, राप्रपा मकवानपुरका नेता सिताराम बर्तौला, मुकुन्द न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)