हेटौँडा–५ सानोपोखरामा विस्फोट भएको स्थान ।
९ मंसिर, हेटौँडा । मकवानपुरका विभिन्न ३ स्थानमा शनिबार विष्फोट गराईएको छ । मनहरी, लेवट र सानोपोखरामा एकै दिन फरक समयमा विष्फोट गराईएको हो ।
अपरान्ह ४ बजे मनहरी बजारमा रहेको प्रतिक्षालयमा बम विष्फोट भएको छ । प्रतिक्षालयमा गराईएको सुतली बम विष्फोटबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीमा विष्फोट भएको २ घण्टापछि हेटौँडा–३ लेवटमा विष्फोट भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँको सम्पर्क कार्यालय रहेको भवन नजिक विष्फोट भएको छ । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीको भनाई छ ।
बानियाँ भने आफ्नो चुनावी अभियानका क्रममा मनहरी गाउँपालिकामा रहेको जनाईएको छ । लेवटमा विष्फोट भएको आधा घण्टा नवित्दै हेटौँडा–५ सानोपोखरामा कान्तिलोकपथस्थित कल्र्भट नजिक विष्फोट भएको थियो । त्यहाँ पनि कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई छ । घटनापछि तीनै स्थानमा प्रहरीको उपस्थिति बढाईएको छ । विष्फोटको कारण खुल्न सकेको छैन ।
निर्वाचन गतिविधिमा अवरोध पु¥याउँदै आईरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विष्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । तर घटनाको जिम्मेवारी कसैले लिएको छैन । अहिले मकवानपुरका सबै प्रहरी इकाईलाई उच्च सतर्कतामा राखिएको प्रहरीको भनाई छ ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




