Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कारवाहीमा परेका कांग्रेस नेता दाहाल एमालेमा

Bishnu-1511682068.JPG

१० मंसिर, हेटौँडा । नेपाली कांग्रेसबाट कारवाही गरिएका पूर्व सचिव विष्णु दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै कारवाही गरिएका दाहाल आइतबार एमाले प्रवेश गरेका छन् । उनीसंगै कारवाही गरिएकी शिक्षक संघकी गिता सञ्जेलसहित शिक्षक संघका पितालम्बर बास्तोला एमाले प्रवेश गरेका छन् । दाहाल र सञ्जेललाई नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय कार्यसमितिमा ६ बर्षका लागि साधारण सदस्य समेतबाट कारवाही गरेको थियो । कारवाही फुकुवाका लागि उनले जिल्ला तहदेखि केन्द्रीय तहसम्म दौडधुप गरेपनि फुकुवा नहुने देखेपछि एमाले प्रवेश गरेको हुन सक्ने नेपाली कांग्रेसका एक नेताले बताए ।

एमाले प्रवेश गर्नेमा राप्रपाका पुर्ब जिल्ला सदस्य रामहरी बञ्जरा, कांग्रेसका कार्यकर्ता उत्तम पराजुली, वालक सापकोटा, गंगा लामा, निर्माण ब्यबसायी श्रीकृष्ण कार्की, युवा ब्यबसायी हिमाल पौडेल, राप्रपाका अभिनय घिमिरे, कलाकार कृष्णगोपाल सिंह रहेका छन् ।

नव प्रवेशीलाई एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार विरोध खतिवडा, नेकपा माओबादि केन्द्रका पोलिटब्युरो सदस्य एबम् मकवानपुर क्षेत्र नम्बर २ प्रदेश क का उमेद्वार कुमारी मोक्तान, एमालेका प्रदेशसभा सदस्य एबम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहाल, प्रदेश सदस्य रामेश्वर राना, पूर्ब साँसद अनन्त पौडेल, जिल्ला अध्यक्ष मुनु सिग्देल सहितका नेताहरुले फुलमाला तथा अबिर लगाएर एमालेमा स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार