Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कैलाशमा वडा स्तरीय अध्यक्षकप भलिबल ,वडा नम्बर ५ र १० को विजयी शुरुवात

FB_IMG_1678549629254-1678549900.jpg

 

२७ फागुन, हेटौंडा । कैलाश गाउँपालिकामा  प्रथम अन्तर-वडा स्तरीय अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियाेगिता सुरु भएकाे छ । आजबाट सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले रनिङ शिल्ड सार्वजनिक गर्दै प्रतियाेगिताकाे उद्घाटन गरेका छन्।स्थानीय खेलाडीकाे मनाेवल उच्च राख्न खेलकुद क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यले खेलकुदको आयोजना गरिएको उद्घाटन कार्यक्रममा बताएका छन्।  

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष बालकुमार मल्ल ठकुरिले खेलकुदले आफ्नाे स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै आफ्नाे गाउँठाउँ र देशलाई चिनाउन समेत याेगदान पुग्ने बताए । वडा नम्वर २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक राजेन्द्र घिसिङले प्रतियाेगिता मैत्रीपूर्ण र साैहार्दपुर्ण ढंगले पूरा गर्न खेलाडीहरुलाई अनुराेध गरेका छन्। 

कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलान,  वडा नम्बर १० का वडाध्यक्ष सुर्य बहादुर भ्लाेन, कालिका मावि नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेती, वडा नम्वर ९ का सचिव रामचन्द्र शिवाकोटीकाे उपस्थिति थियाे । प्रतियोगितामा वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भ्लाेनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतियाेगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतिय हुनेलाई २० हजार र सान्त्वना १० हजार रुपैंया नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ । प्रतियाेगिताकाे विजयीले प्राप्त गर्ने रनिङ शिल्ड ६३ ताेला चाँदिबाट निर्माण गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।

          उद्घाटन खेलमा वडा नम्वर १० विजयी 

कैलाश गाउँपालिका स्तरीय अन्तर-वडा प्रथम अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा वडा नम्वर १० विजयी भएकाे छ । वडा नम्वर १० ले वडा नम्वर २ लाई ४-० गाेलअन्तरले पराजित गरेकाे छ । त्यसैगरि आज भएकाे दाेस्राे खेलमा वडा नम्वर ५ विजयि भएकाे छ । वडा नम्वर ५ ले वडा नम्वर  ७ लाई ३-० गाेलअन्तरले पराजित गरेकाे  कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाले जानकरी दिएका छन्। आइतबार ३ वटा खेल हुने उहाँले जानकारी दिनुभयाे । बिहान ८ बजे वडा नम्बर १ र वडा नम्बर ३, दिउँसाे १ बजे वडा नम्बर ८ र वडा नम्बर ९ तथा दिउँसाे ४ बजे वडा नम्वर ४ र शनिवारकाे बिजेता टिम वडा नम्वर ५ बिच प्रतिस्पर्धा हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार