२७ फागुन, हेटौंडा । कैलाश गाउँपालिकामा प्रथम अन्तर-वडा स्तरीय अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियाेगिता सुरु भएकाे छ । आजबाट सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले रनिङ शिल्ड सार्वजनिक गर्दै प्रतियाेगिताकाे उद्घाटन गरेका छन्।स्थानीय खेलाडीकाे मनाेवल उच्च राख्न खेलकुद क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यले खेलकुदको आयोजना गरिएको उद्घाटन कार्यक्रममा बताएका छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष बालकुमार मल्ल ठकुरिले खेलकुदले आफ्नाे स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै आफ्नाे गाउँठाउँ र देशलाई चिनाउन समेत याेगदान पुग्ने बताए । वडा नम्वर २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक राजेन्द्र घिसिङले प्रतियाेगिता मैत्रीपूर्ण र साैहार्दपुर्ण ढंगले पूरा गर्न खेलाडीहरुलाई अनुराेध गरेका छन्।
कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलान, वडा नम्बर १० का वडाध्यक्ष सुर्य बहादुर भ्लाेन, कालिका मावि नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेती, वडा नम्वर ९ का सचिव रामचन्द्र शिवाकोटीकाे उपस्थिति थियाे । प्रतियोगितामा वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भ्लाेनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतियाेगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतिय हुनेलाई २० हजार र सान्त्वना १० हजार रुपैंया नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ । प्रतियाेगिताकाे विजयीले प्राप्त गर्ने रनिङ शिल्ड ६३ ताेला चाँदिबाट निर्माण गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।
उद्घाटन खेलमा वडा नम्वर १० विजयी
कैलाश गाउँपालिका स्तरीय अन्तर-वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा वडा नम्वर १० विजयी भएकाे छ । वडा नम्वर १० ले वडा नम्वर २ लाई ४-० गाेलअन्तरले पराजित गरेकाे छ । त्यसैगरि आज भएकाे दाेस्राे खेलमा वडा नम्वर ५ विजयि भएकाे छ । वडा नम्वर ५ ले वडा नम्वर ७ लाई ३-० गाेलअन्तरले पराजित गरेकाे कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाले जानकरी दिएका छन्। आइतबार ३ वटा खेल हुने उहाँले जानकारी दिनुभयाे । बिहान ८ बजे वडा नम्बर १ र वडा नम्बर ३, दिउँसाे १ बजे वडा नम्बर ८ र वडा नम्बर ९ तथा दिउँसाे ४ बजे वडा नम्वर ४ र शनिवारकाे बिजेता टिम वडा नम्वर ५ बिच प्रतिस्पर्धा हुँदैछ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







