२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो आर्थिक बर्षमा निर्माण भएका भवन संख्याको आधारमा चालु आर्थिक बर्ष २०७९।०८० मा कम देखिएको हो । भवन निर्माण दरका आधारमा हेटौंडामा बसाईका लागि आउँनेको संख्या पनि कमि आएको आकलन गर्न थालिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पुर्वाधार विकास महाशाखा भवन अनुमती तथा मापदण्ड र्कायान्वयन शाखाको तथ्याङ अनुसार चालु आर्थिक बर्षको २०७९।०८० को माघ सम्ममा २३३ वटा भवन निर्माणको नक्सा पास भएको देखिएको छ । अहिलेको तुलनामा अधिल्लो बर्ष करिब ५ सयको संख्यामा भवन निर्माण अनुमति लगिसकेको अवस्था रहेको शाखाले जनाएको छ ।
शाखाका अनुसार चालु आर्थिक बर्ष २०७९÷०८० को माघ सम्म २११ नम्सा इजाजत लिन पालिकामा पेश भएको छ भने ११ वटा नक्सा म्याद थप भएको देखिएको छ । चालु बर्षमा ६० वटा नक्सा नामसारी भएको पाईएको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म सार्वजनिक सडक र प्लानि· स्बिकृतीको काम नभएको महाशाखा प्रमुख सत्यनारायण शाहले बताएका छन्।
तथ्याङक अनुसार चालु आर्थिक बर्षको माघ मसन्त सम्म सबै भन्दा बढी भवन निर्माण इजाजत हेटौंडा–५ मा ६२, हेटौंडा–८ मा ३३, हेटौंडा–७ मा २२, हेटौंडा २ मा १२ र हेटौंडा ६ मा ११ वटा रहेको देखिएको छ भने अन्य वडामा न्यून संख्यामा रहेको जनाएको छ । तथ्याङक अनुसार साउनमा सबै भन्दा बढी ४३, भदौंमा ३०, असोजमा ४१, कार्तिकमा १५, मंसिरमा ३६, पुषमा ३७ र माघमा ३१ वटा इजातज लिने कार्य भएको देखिन्छ ।
महाशाखा प्रमुख शाहका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा चालु बर्षको सुरुबाटै देखिएको आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमि आएको हो । उनले भने ‘सबैतिर आर्थिक समस्या छ कसरी भवन निर्माणको काम हुनु ।’ बैंक तथा बित्तीय सस्थाले लगानी नगरे सम्मा अहिले भवन निर्माण हुने र बजारमा आर्थिक कारोवारमा सुधार नआएसम्म अवस्था यस्तै रहने उनको बुझाइ छ । अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भएपनि लगानी अपुग हुँदा बनेका घरहरु पनि पुरागर्न नसकेर म्याद थप गर्नुका लागि निवेदन आउँने क्रममा रहेको उनले बताए ।भवन अनुमती तथा मापदण्ड र्कायान्वयन शाखाका अनुसार अघिल्लो आर्थिक बर्षमा नक्सा पास ७४९, नक्सा दर्ता ७४८, म्याद थप ४९, नक्सा नामसारी १०९, सडक सार्वजनिक १४ र प्लानि· स्विकृत १३ वटा भएको थियो ।
१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...
१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...
१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...
१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...
१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...
१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...
१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...
१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
५ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउंपालिका-८ फापरवारीमा रहेको जनता माविमा जूनियर रेडक्रस सर्कल(जुरेस) गठन...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
५ जेठ, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो *साधारणसभा सम्पन्न भएको छ। जिल्ला समन्वय...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१३ जेठ, हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी खेलको पुरुष तर्फको उपाधि...