१० मंसिर, हेटौँडा । मकवानपुरको क्षेत्र नम्बर २ को २ का उम्मेदवार इन्द्रबहादुर बानियाँले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराएर मकवानपुरको विकास हेर्न अनुरोध गरेका छन् ।
मनहरी गाउँपालिकाको लोथरमा आईतबार भएको कोणसभामा उनले पटक पटक जितेर गएका कम्युनिष्टले विकासको नाममा केही नगरेको तितो यथार्थलाई मनन् गरेर यसपटक काँग्रेसका उम्मेदवारलाई मकवानपुरको क्षेत्र नम्बर २ बाट विजयी गराउन अनुरोध गरेका हुन् । ‘आजको दिनसम्म काँग्रेसले जनतालाई धोका दिने र जनताको नाममा लुटेर खान काम गरेको छैन । काँग्रेस जे बोल्छ, त्यो पूरा गर्दै आएको छ’, उनले भने, ‘पटक पटक कम्युनिष्टलाई जिताएर मार खाँदै आएका तपाइँहरुले यस पटक हामीलाई जिताउनूस्, विकास कस्तो हुन्छ भनेर देखाउनेछौँ ।’
दुईवटा फरक धारमा रहेका कम्युनष्टिहरु वाम गठबन्धनको नाममा फेरि जनता झुक्याउन आइरहेको भन्दै बानियाँले समृद्धि र विकास रोज्ने कि रु उही पुरानै नेतालाई रोज्ने जनताको अधिकारको बिषय भएको बताए । कार्यक्रममा एमालेका सिताराम मोक्तान, माओवादी केन्द्रका जिल्ला सदस्य इन्द्रबहादुर मोक्तान दीपक, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य अशोक मोक्तानसहित २ सय ४४ जना काँग्रेसमा प्रवेश गरेका थिए ।
काँग्रेसका वडा सभापति युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, लोकतान्त्रिक गठबन्धनका तर्फबाट समानुपातिक उम्मेदवारहरु पवित्रा विश्वकर्मा, जानकी लामा, गोविन्द रिजाल, गठबन्धनका नेताहरु भरत पराजुली, तेजराज उप्रेती, पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
