Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले भित्र्याए २४४ जना काँग्रेसमा

Congress-News-1511703049.jpg

१० मंसिर, हेटौँडा । मकवानपुरको क्षेत्र नम्बर २ को २  का उम्मेदवार इन्द्रबहादुर बानियाँले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराएर मकवानपुरको विकास हेर्न अनुरोध गरेका छन् । 
मनहरी गाउँपालिकाको लोथरमा आईतबार भएको कोणसभामा उनले पटक पटक जितेर गएका कम्युनिष्टले विकासको नाममा केही नगरेको तितो यथार्थलाई मनन् गरेर यसपटक काँग्रेसका उम्मेदवारलाई मकवानपुरको क्षेत्र नम्बर २ बाट विजयी गराउन अनुरोध गरेका हुन् । ‘आजको दिनसम्म काँग्रेसले जनतालाई धोका दिने र जनताको नाममा लुटेर खान काम गरेको छैन । काँग्रेस जे बोल्छ, त्यो पूरा गर्दै आएको छ’, उनले भने, ‘पटक पटक कम्युनिष्टलाई जिताएर मार खाँदै आएका तपाइँहरुले यस पटक हामीलाई जिताउनूस्, विकास कस्तो हुन्छ भनेर देखाउनेछौँ ।’ 
दुईवटा फरक धारमा रहेका कम्युनष्टिहरु वाम गठबन्धनको नाममा फेरि जनता झुक्याउन आइरहेको भन्दै बानियाँले समृद्धि र विकास रोज्ने कि रु उही पुरानै नेतालाई रोज्ने जनताको अधिकारको बिषय भएको बताए । कार्यक्रममा एमालेका सिताराम मोक्तान, माओवादी केन्द्रका जिल्ला सदस्य इन्द्रबहादुर मोक्तान दीपक, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य अशोक मोक्तानसहित २ सय ४४ जना काँग्रेसमा प्रवेश गरेका थिए । 
काँग्रेसका वडा सभापति युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, लोकतान्त्रिक गठबन्धनका तर्फबाट समानुपातिक उम्मेदवारहरु पवित्रा विश्वकर्मा, जानकी लामा, गोविन्द रिजाल, गठबन्धनका नेताहरु भरत पराजुली, तेजराज उप्रेती, पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार