Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वास‍को मत लिने

Prachanda_Maoist_Chairman-1678870070.jpg

१ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते विश्वास‍को मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले चैत ६ गते पुन: प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका हुन् ।
प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरेको र  परामर्शपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेको दाहालका सचिवालयका एक सदस्यले बताए ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 
नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । दाहालले पुस २६ गते संघीय संसदबाट विश्वासको मत लिएका थिए । उनले एमाले, कांग्रेससहित १० दलको समर्थन पाएका थिए भने विपक्षमा २ मत परेको थियो ।
तर राष्ट्रपति निर्वाचनको क्रममा गर्दा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका छन् । त्यसैले सबैधानिक व्यवस्थाअन्तर्गत उनले चैत ६ गते पुन: प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार