Email :- prastakhabar@gmail.com
राजनीति

प्रचण्ड सरकार किसान माराः गोकर्ण विष्ट

ww-1679123305.jpg

४ चैत, हेटौंडा । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले वर्तमान सरकारले रासाइनिक मलमा मुल्यबृद्धी गरेर किसानलाई मारमा पारेको बताएका छन् । उनले किसानको उत्पादनको लागत बढाएर परनिर्भर बनाउन खोजेको आरोप लगाए ।
प्रेस चौतारी नेपाल मकवानपुरले शनिवार विहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सविच विष्टले किसानले प्राप्त गरिरहेको सुविधा कटौती गरेर सरकारले किसान र गरिखानेको पक्षमा नरहेको पुुष्टि गरेको बताए । उनले वर्तमान सरकार पद र सत्ताको लोभबाट बनेको दावी गरे । 
उनले एमाले भन्दा बाहेकको अहिले सत्ता समिकरण लामो समयसम्म नटिक्ने दावी पनि गरे । अहिलेको समिकिरण पद र सत्ता प्राप्तिका लागी मात्रै बनेकाले लामो समय नटिक्ने उनको भनाई छ । उनले एमालेलाई कमजोर बनाउनका कसैको आदेशमा बनेको समिकरण लामो समय नटिक्ने दावी गरे । 
यस्तै सचिव विष्टले एमाले केन्द्र सरकारबाट बाहिरिएपनि तत्काल प्रदेश सरकारहरुबाट नबाहिरिने संकेत गरेका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदैं केन्द्रमा जस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा नरहेकोले प्रदेश सरकारबाट एमाले बाहिरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘शक्ति सन्तुलनको अवस्था केन्द्रमा जस्तो छ सबै प्रदेशहरुमा त्यस्तै अवस्था छैन । सबै प्रदेशहरुको वस्तुगत अवस्थामा आधारित भएर परिस्थितिले जे माग गर्ने छ त्यो अवस्थामा हामीले त्यहि ढंगले निर्णय गछौं ।’ उनले भने । 
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवि ज्ञवाली, एमालेका बागमती प्रदेश कमिटीका सदस्य श्रीधर पोख्रेल, एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, सचिब नविन सिग्देल, प्रदेश युवा परिषद बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँ लगायतकाको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
भोली बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु
FB_IMG_1679381797153-1679382498.jpg

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै 
janajati-1679375094.PNG

७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 
nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...

आज घोडेजात्रा पर्व मनाईँदै 
ghode-1679374502.PNG

७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1679374102.jpg

७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकजना घाइते
20200625_052500-1679356065.jpg

७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...

थप समाचार