६ चैत, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र जनप्रियमा नेकपा एमाले, नेकपा (एस) र विप्लव माओवादी निकट विद्यार्थी संगठनहरुको संयुक्त प्यानलले जितेको छ ।
हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्व गरेको प्यानल विजयी भएको छ । स्ववियु समापतिमा अनेरास्ववियुका अभि मैनाली विजयी भएका छन् ।
उनले कांग्रेस, माओवादी केन्द्र र राप्रपाको विद्यार्थी संगठनको संयुक्त प्यानलका नेविसंघका राजिव फुयाँललाई हराएका छन् । विजयी मैनालीले २९० मत पाउँदा फुयाँलले १८५ मत पाएका थिए ।
यस्तै मनहरी गाउँपालिका स्थित मनहरी बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कुमार घिसिङले नेविसंघका उम्मेदवार किशोर लम्साललाई २ मतान्तरले हराउँदै विजयी भएका छन् । घिसिङले २९ मत प्राप्त गर्दा लम्सालले २७ मत प्राप्त गरेका छन् । मनहरीमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
यता हेटौंडा १९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुकै प्यानल विजयी भएको छ । निर्मलमा अनेरास्ववियुका सरोज अर्यालले ७६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी भएका छन् भने नेवि संघका जयबहादुर रोक्काले २२ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत हेटौंडा–६, चौघडास्थित बशंगोपाल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियूको प्यानलनै विजयी भएको छ । अनेरास्ववियूका दिवस सिलवालको प्यानल विजयी भएको हो । सिलवालले अर्का प्रतिस्पर्धि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मोनिका गौतमलाई दोब्बर मतले पराजित गरेका हुन् । सिलवालले १८ मत प्राप्त गर्दा गौतमले ९ मत मात्र गरिन् ।
यसैगरी हेटौंडा–१६, हटियास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा भने विप्लव माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीकी मुना गोले निर्वाचित भएकी छिन् ।
मकवानपुरमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसको गठबन्धन र एमाले निकट अनेरास्ववियु, विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको समाजवादी विद्यार्थी संगठनको संयु्क्त प्यानलबीच प्रतिस्पर्धा भएको थियो । मकवानपुरमा त्रिभुवन विश्वविद्यालयको एउटा आंगिक क्याम्पस सहित ७ वटा समाुदायिक क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर पालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा भने यसअघि नै स्ववियु नेतृत्व सर्वसम्मत चयन भइसकेको छ । पालुङ बहुमुखी क्याम्पसमाको सभापतिमा माओवादी केन्द्रनिकटको अनेरास्ववियु क्रान्तिकारीका पुश्कल श्रेष्ठको नेतृत्वमा स्ववियु सर्वसम्मत चयन भएको हो ।
१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...
१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...
१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...
१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...
१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...
१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...
१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...
१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
५ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउंपालिका-८ फापरवारीमा रहेको जनता माविमा जूनियर रेडक्रस सर्कल(जुरेस) गठन...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
५ जेठ, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो *साधारणसभा सम्पन्न भएको छ। जिल्ला समन्वय...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१३ जेठ, हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी खेलको पुरुष तर्फको उपाधि...