Email :- prastakhabar@gmail.com
राजनीति

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान 

nirwachan-1679374849.PNG

७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा भाग लिन चाहने दलले भोलिदेखि आउँदो आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्ने जनाएको छ । 
आयोगले आज दल दर्ताको सूचना निकाल्दै अस्ति चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने जानकारी गराएको छ । उपनिर्वाचनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । 
उपनिर्वाचनका लागि आउँदो २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको कार्यक्रम प्रकाशित गरिएको छ । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर–२ को उपचुनावमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नु नपर्ने जनाइएको छ ।
चितवन क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि यी निर्वाचन क्षेत्र रिक्त भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कैलाश गाउँपालिकाद्वारा ६ जना चेलिलाई सम्मान
IMG_20230531_210135-1685546257.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

चार दिनका लागि भारत उडे प्रधानमन्त्री प्रचण्ड
pm-india-visit-17-jestha-1685525173.jpg

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...

कोशि सरकारबाट बाहिरियो जसपा
jasapa-1685524804.jpg

१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...

नागरिकता विधेयक प्रमाणीकरणः राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन
download-1685523522.png

१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
IMG_0892-1685515293.png

१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...

कांग्रेसले पूर्व सदस्य पाण्डेको निधनमा तिन दिन झन्डा आधा झुकाउने
1653826712_nepali_congres-1685507353.jpg

१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...

राप्तीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
images-1685506793.png

१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...

राष्ट्रिय भलिबलमा गण्डकी र एपिएफको विजयी सुरुवात
dfaaa-1685499575.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...

विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान
Screenshot_20230531_07571-1685499199.jpg

१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...

थप समाचार