Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस उपस्थित नभएपछि बागमती प्रदेशसभा बैठक स्थगित

Screenshot_20230322_17022-1679483886.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न बोलाइएको बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले विशेष कारण बैठक स्थगित भएको जनाएको हो । 
प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले विशेष कारण अर्को बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जानकारी दिए । विश्वासको मत दिने विषयमा नयाँ समिकरणको गठबन्धन दल नेपाली कांग्रेसले संसदीय दलको बैठक रहेको कारण देखाउँदै अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । कांग्रेसले सरकारमा सहभागिता र संसदीय समितिसहित प्याकेजमा सहमति गर्न खोजेको छ । यसका लागि चैत १० गते विश्वासको मत लिन मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले सुझाव दिएको थियो । काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेपनि सरकारका बारेमा गठबन्धन दलको सहमति अनुसार अघि बढ्ने निर्णय गरेको छ । 
नेकपा एमालेले अब बस्ने संसद बैठकलाई सम्बोधन गर्दै सरकार छोड्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ । एमालेले १० र ११ गते आफ्नो पूर्व निर्धारित पार्टी अभियान रहेकाले उपस्थित हुन नसक्ने जनाउँदै १२ गतेका लागि बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई अनुरोध गरेको छ । 
दलहरूबीच संसद संचालन गर्नेबारे ठोस सहमति नभएपछि मूख्यमन्त्री जम्कट्टेलले चैत १० गते विश्वासको मत लिने व्यहोराको पत्र प्रदेशसभा सचिवालयमा पठाउनु भएको छ । जम्कट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार