१० चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले आज प्रदेश सभा बैठकबाट विश्वासको मत लिने भएका छन् । यसअघि गएको बुधबार विश्वासको मत लिने प्रयोजनका लागी बोलाईएको बैठक स्थगित भएपछि जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन् ।
बुधबारको प्रदेश सभा बैठकमा सबैभन्दा ठूलो र गठबन्धनको मुख्य दल कांग्रेसका संसदहरु अनुपस्थित भएपछि अन्तिम समयमा आज शुक्रबार दिउँसो १ बजे बस्नेगरि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।
शुक्रबारको बैठकमा भने कांग्रेसका सांसदहरुले पनि उपस्थित भएर विश्वासको मत दिने भएका छन् । बुधबार आन्तरिक छलपल कै क्रममा रहेका कारण बैठकमा उपस्थित हुन नसकेको दावी गर्दै कांग्रेसले आजको बैठकमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने जनाएको छ ।
कांग्रेसले प्रदेश सरकारको नेतृत्व र भागबण्डाको विषयमा भने छलफल हुनुपर्ने आफ्नो यथावत रहेको जनाएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दन काफ्लेले सरकारलाई बैधानिकता दिनुपर्ने भएकाले अहिले विश्वासको मत दिन लागेको स्पष्ट पार्दै गठबन्धन दलहरुबीचमा प्याकेजमा सहमती हुनुपर्ने कुराबाट कांग्रेस पछि नहटेको दावी गरे ।
एमालेका मन्त्रीले आजै राजिनामाको घोषणा गर्ने
यता प्रदेश सरकारमा रहेको नेकापा एमालेले भने आजैबाट सरकार छोड्ने जनाएको छ । एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसुदन पौडेलले एमालेका मन्त्रीहरुले आज शुक्रबारको बैठकमा उपस्थित भएर आफ्नो धारणा राखेर राजिनामाको घोषणा गर्ने जानकारी दिए ।
उनले बैठक बसेको दिन मन्त्रीहरुले राजिनामाको घोषणा गर्ने निर्णय गरिसकेको बताउँदै केन्द्रमा भएको सत्ता समिकरणको फेरबदलले एमाले सरकारमा बसिरहनुपर्ने औचित्य सकिएको स्पष्ट पारे ।
उनले शुक्रबारको बैठकमा एमालेका सबै सांसदहरु भने उपस्थित नहुँने बताए । उनले औपचारिक रुपमै पत्र मार्फत सदनमा जानकारी गराइसकिएको बताउँदै मन्त्रीहरु मात्रै उपस्थित हुने जानकारी दिए ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...



-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









