Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्छुः धनराज गुरुङ

DhanaRaj-Gurung-1679742604.jpg

११ चैत, हेटौडा । नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै गुरुङले यस्तो बताएका हुन् ।
उनले मुलुकको राजनितिक, सामाजिक र आर्थिक पक्ष सवल बनाउँन शिक्षकहरुको ठूलो महत्व रहेको बताउँदै गम्भिर भएर काम गर्न आग्रह पनि गरे । देश कस्तो बनाउँने भन्ने पुस्ता निर्माणमा शिक्षकहरुकै हात हुनेभएकाले त्यसतर्फ पनि सचेत रहन उनले विशेष आग्रह गरे । 
उपसभापति गुरुङले सामुदायीक विद्यालयहरुमा पनि राम्रो पढाई हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न शिक्षक संघका साथीहरुले दत्तचित्त भएर काम गर्नुपर्ने बताए । उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनको सुझाब थियो ।
उनले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गएको दावी गरे । नैतिकवान मानिसहरुको कमि भएको तर्फ संकेत गर्दै उनले नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर नथन्काइदिएको भए यति धेरै भ्रष्टाचार नहुने तर्क गरे ।
नेपाल शिक्षक संघ बागमती प्रदेशका सभापति नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शनिवार र आइतबार दुईदिनसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा भाग लिनका लागि वाग्मती प्रदेका १३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधि हेटौँडामा जम्मा भएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार