Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सम्बृद्धिको बाटोमा डोराउन सबैको भूमिका अवाश्यकः बानियाँ

indra-dai-1679744868.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा देखिएको आर्थिक संकटबाट देशलाई कसरी निकाल्ने भन्ने तर्फ ध्यान दिनुपर्ने बेला आएको बताएका छन् । उनले देशलाई आर्थिक र राजनितिक संकटबाट बाहिर ल्याएर सम्बृद्धिको बाटोमा लैजान सबैको भूमिका हुनुपर्ने बताए ।
नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै सभापति बानियाँले सरकार बजेट खर्च गर्न सक्ने अवस्थानमा नरहेको बताए । उनले यस्तै बेथिति बढ्दै जाने हो भने शिक्षक र सरकारी कर्मचारीहरुले समेत तलब खान नपाउँने अवस्था आउन सक्ने दावी गरे ।
देशको बजेट खर्च गर्ने क्षमतामा हस आएको भन्दै सभापति बानियाँले यहि कारण देशमा आर्थिक संकट बढेको ठोकुवा गरे । ‘राज्यको कोष खर्च गर्न नसक्ने, खल्तिको पैसा खर्च गर्न नसक्ने । हामीले कस्तो नियम कानुन निर्माण ग¥यौं ? ।’ बानियाँले प्रश्न गरे । उनले स्थायी सरकारको रुपमा कर्मचारीहरुले देशको प्रधानमन्त्री, मन्त्री, प्रदेशको मुख्यमन्त्री हेरेर बजेट कार्यान्वयन गर्दा पनि समस्या भएको आरोप लगाए । 
सभापति बानियाँले सबैले आफनो काम अनुसारको जिम्मेवारी बोध नगर्ने हो भने अझैपनि देशलाई संकटबाट बाहिर ल्याउँन नसकिने दावी गरे । उनले शिक्षकहरुलाई आफुले बोकेको गहन जिम्मेवारीबाट पछि नहट्न र समाज परिवर्तनको अगुवाइलाई अझ प्रभावकारी र शसक्त बनाउँद निरन्तरता दिन आग्रह गरे ।
उनले अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने भएकाले गुटउपगुटबाट बाहिर निस्किएर नयाँ नेतृत्व चयन गर्न सुझाव दिए । आफु सधै शिक्षकहरुको साथमा रहेको उल्लेख गर्दै नेता बानियाँले सबै किसिमका सहयोगका लागी सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । 
नेपाल शिक्षक संघ बागमती प्रदेशका सभापति नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार